नेभिगेशन
अन्य

संविधानका लागि सहयोग गर्न सवैलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माणमा सहयोग गर्न संविधानसभामा र बाहिर रहेका सबै राजनीतिक दलसमक्ष आग्रह गरेका छन् । सहिद दिवसका अवसरमा प्रधानमन्त्रीले शुभकामना सन्देश दिँदै प्रधानमन्त्री कोइरालाले अहिलेसम्मका आन्दोलन र संघर्षबाट प्राप्त गरेका अधिकारलाई संस्थागत गर्ने संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान बनाउन सवैको सहयोग आवश्यक परेको बताएका छन् । ‘आपसी सहकार्य, मेलमिलाप र एकताको भावनाले प्रेरित भएर सहिदकोे सपना साकार पार्ने अभियानमा हातेमालो गर्दै अघि बढ्न आह्वान गर्दछु,’ प्रधानमन्त्रीद्धारा जारी बिज्ञप्तिमा भनिएको छ । प्रधानमन्त्रीले सहिद दिवसले देशको शान्ति, विकास र समुन्नत भविष्य निर्माणमा सबैलाई समर्पित हुने प्रेरणा देओस् भन्दै सहिदको सपना साकार पार्न समर्पित सबै नेपालीमा शुभकामना व्यक्त गरेका छन् । सन्देशमा भनिएको छ–‘सहिद दिवस २०७१ का अवसरमा देशको अस्तित्व रक्षा र जनताको हकहित, अधिकार र स्वतन्त्रताका निम्ति आफ्नो जीवन आहुति दिने महान् सहिदको बलिदानको श्रद्धापूर्वक स्मरण गर्दै सम्पूर्ण ज्ञातअज्ञात सहिदप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दछु ।’
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै