नेभिगेशन
अन्य

गोर्खाल्याण्ड आन्दोलनका नेता सुवास घिसिङको निधन

नयाँदिल्ली । अलग राज्य गोर्खाल्याण्ड आन्दोलनका नेता सुवास घिसिङको विहीवार साँझ निधन भएको छ । नयाँदिल्लीको गंगाराम अस्पतालमा उपचाररत ८४ वर्षीय घिसिङ केही महिनायता समयदेखि घाटीको क्यान्सर र कलेजो सम्वन्धी रोगले थलिएका थिए । अस्पतालको निगरानीमै रहेका घिसिङ दुई दिन अघि सिकिस्त भएपछि भर्ना भएको पारिवारिक स्रोतले जनाएको छ । दार्जिलिङ गोर्खा पावत्र्य परिषदका पूर्व प्रशासक तथा गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष सुवास घिसिङ सन् २००७ का इण्डियन आइडल प्रशान्त तामाङको पक्षमा नलाग्दा दार्जिलिङ छाड्नु परेको थियो । उनी बिमल गुरुङ नेतृत्वको गोर्खा जनमुक्ति मोर्चाको उदयपछि उनी दार्जिलिङवाट विस्थापित वनेका थिए । करिव २ दशकसम्म दार्जिलिङमा एकछत्र राज गर्दै आएका उनी प्रशान्त आइडल बनेका वर्ष दिन पनि बित्न नपाउदै सत्ताच्यूत हुन पुगेका थिए । लगत्तै पत्नी बियोगको पीडा पनि सहन गर्न बाध्य भएका उनी करिव तीन वर्ष जलपाइगुडीमा डेरामा वसेका थिए । एक वर्ष अघि सिलिगुडी नजिकै मतिगढामा डेरामा सरेका थिए । यतिवेला गोर्खाल्याण्डको माग छाडेका घिसिङ छैटौ अनुसूचीको पक्षपाती थिए । सन् १९८० देखि १९८६ सम्म चलेको छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलन घिसिङकै नेतृत्वमा भएको थियो । उक्त आन्दोलन हिंसात्मक वन्दा करिव १ हजार २ सय वढीले ज्यान गुमाउनु परेको थियो । गोरामुमोका प्रवक्ता मनजीत सुब्बाले दिएको जानकारी अनुसार अन्त्येष्टिका लागि उनको शव शुक्रवार सिलिगुडी ल्याइने छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै