नेभिगेशन
अन्य

सभासद् गृहजिल्लामा : समितिका काम प्रभावित

काठमाडौं । माघ–८ मा संविधान जारी गर्ने म्याण्डेट लिएर निर्वाचित भएका संविधानसभा सदस्यहरु अहिले खाली हात नै भएपनि गाँउ गाँउ जान लागेका छन् । माघ–८ मा संविधान जारी गर्न नसक्दा सहमतिका आधारमा मस्यौदा भएपनि दलहरुले जारी गर्न सकेका भए सभासद्हरु जनताको राय बुझ्ना जनतामा जाने थिए । तर अहिले कांग्रेस–एमालेको मोर्चा र एमाओवादी– मधेशी दलहरुको मोर्चामा बिभाजित भएर संविधान जारी हुन नसक्नुमा एक अर्कोलाई दोष लगाउदै गृह जिल्ला जान लागेका छन् । आफ्ना फरक फरक उद्देश्यका साथ सत्तारुढ र विपक्षी दलका सभासद् गृहजिल्ला जाने क्रम बढेपछि यतिखेर सिंहदरबारमा राजनीतिक चहलपहल कम देखिनुका साथै संसदीय समितिका गतिविधि प्रभावित हुन थालेका छन् । एमाओवादीको संविधानसभा र संसद्का समिति बहिष्कारको घोषणा गर्दै आफ्ना कुरा लिएर जनतामा जाने नीति र प्रमुख सत्तारुढ दल कांग्रेस एमालेले संविधान निर्माणका बारेमा जनतालाई यथार्थ जानकारी गराउने निर्णय गरेपछि सभासद् जिल्ला गएका हुन् । व्यवस्थापिका–संसद्, सामाजिक न्याय तथा मानवअधिकार समितिले परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डलेलाई आमन्त्रण गरेर आज महत्वपूर्ण विषयमाथि छलफलका लागि बैठक बोलाए पनि बैठक गणपूरक संख्या नपुगेपछि केही ढिला सुरु भएको थियो । समितिमा गणपूरक संख्या नपुगेकाका सम्बन्धमा समितिका सभापति सुशीलकुमार श्रेष्ठले आ–आफ्ना पार्टीका निर्देशन र जिल्लाका योजना छनोटका लागि सभासद् जिल्लामा गएका कारण त्यस्तो अवस्था आएको बताए । सभापति श्रेष्ठले सभासद्ले आवश्यक छलफलका लागि वैधानिक थलो संविधासभा हुँदा हुँदै जिल्लामा जानु उचित नभएको पनि टिप्पणी गरे । सभाध्यक्षको कदमको विरोध गर्दै प्रमुख प्रतिपक्षी एमाओवादीले सरकार र सभामुखलाई असहयोग गर्ने नीतिअनुसार संविधानसभा र व्यवस्थापिका–संसद्का सबै समितिमा उपस्थित नहुने तथा संविधानसभामा भएका गतिविधिका बारेमा जनतालाई जानकारी गराउन जिल्ला जाने निर्णय गरेको नेता अग्निप्रसाद सापकोटाले बताए । त्यस्तै प्रमुख सत्ता घटक काँग्रेस र एमालेले पनि संविधानसभामा भएको यथार्थ जानकारी जनतालाई गराउन जिल्ला जान निर्देशन दिएपछि अधिकांश सभासद् जिल्ला गएका छन् । एमालेका प्रमुख सचेतक अग्नि खरेलले संसदीय दलको बैठकले संविधानसभामा भएको यथार्थ जानकारी जनतालाई गराउनका लागि जिल्ला जान निर्देशन दिएपछि सभासद् ११ दिनका लागि आआफ्ना गृहजिल्ला गएको बताए । नेता खरेलले संविधानसभा, प्रस्ताव समितिमा रहेका सभासद् भने आगामी शनिबार बस्ने बैठकमा उपस्थित हुन आइपुग्ने जानकारी दिए । यसै अवधिमा माघ मसान्तसम्म जिल्ला, नगर तथा वडाबाट योजना तर्जुमा गर्ने अन्तिम समय भएकाले पनि अधिकांश सभासद् आआफ्ना जिल्लामा व्यस्त छन् । सामाजिक न्याय तथा मानवअधिकार समितिको बैठकबाट निस्किएपछि सभासद् कमलाकुमारी घिमिरेले योजना तर्जुमामा भाग लिन आफू आजै जिल्ला जान लागेको बताइन् । सरकारको नेतृत्वकर्ता दल काँग्रेसको संसदीय दलको बैठकले पनि संविधानसभाको बैठक नभएको यस समयमा संविधान निर्माणमा भएका कामकारबाही र संविधानसभामा देखिएको गतिरोधको अवस्था कसरी आयो भन्ने सम्बन्धमा जनतालाई जानकारी गराउन आफ्ना सभासद्लाई जिल्ला जान निर्देशन दिएको प्रमुख सचेतक चीनकाजी श्रेष्ठले बताए । त्यस्तै सिंहदरबार परिसरमा विहविार भेटिएका सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले आफू शुक्रबार नै जिल्ला जाने बताउदै पार्टीले जिल्लामा जान निर्देशन दिएका कारण सभासद् जिल्लामा गएको बताए । यसरी विभिन्न उद्देश्यले सभासद् जिल्लामा गएपछि सिंहदरबारमा राजनीतिक चहलपहल कम देखिनाका साथै संसदीय समितिका गतिविधि प्रभावित भएका छन् । यद्यपि संविधानसभाको प्रस्ताव समितिको बैठक भने आगामी शनिबार बस्ने तय भएको संविधानसभा सचिवालयका प्रवक्ता मुकुन्द शर्माले जानकारी दिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै