नेभिगेशन
अन्य

चियाबगानको कर तिरेनन् पूर्वराजा ज्ञानेन्द्रले

झपा । दमक नगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहको नाममा झापाको दमकमा रहेको हिमालय महालक्ष्मी चिया बगान र त्यहाँ रहेको मिनी दरबारको एकीकृत सम्पत्ति कर तिर्न आग्रह गरेको छ। दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहाल सहितको टोलीले दमकमा रहेका पूर्वराजालाई बुधबार भेटेर करको विषयमा ध्यानाकर्षण गराएको छ । एकीकृत सम्पत्ति कर लागू भएयता यस चिया बगानले अहिलेसम्म कर तिरेको छैन् । करका विषयमा चिया बगान प्रशासन र नगरपालिकाबीच पत्र मार्फत दोहोरीमात्र चल्दै आएको थियो । त्यहाँका राजनीतिक दल र नगरपरिषदले समेत बगानलाई कर तिर्नका लागि बारम्बार आग्रह गर्दै आएका थिए । कार्यकारी अधिकृत दाहालका अनुसार प्रत्यक्ष रुपमा पूर्वराजा शाहलाई भेटेर यस विषयमा जानकारी गराउँदा शाहले यो समस्या समाधानका लागि नगरपालिकासँग सहकार्य गरेर तत्काल प्रयास थाल्न बगान प्रशासनलाई निर्देशन दिएका थिए । पूर्वराजा शाहले आफू यस देशको नागरिक भएको हैसियतले कर तिर्न तयार रहेको बताउँदै समस्या समाधानका लागि आफूले सक्दो सहयोग गर्ने बताएको नगरपालिकाले जनाएको छ । आजको गोरखापत्रमा खबर छापिएको छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै