नेभिगेशन
अन्य

विरगंजमा झडपमा ६७ राउण्ड हवाइ फायर

विरगंज । पर्साको हरपुर ८ बडेर्वा टोलमा बुधबार साँझ स्थानीय गाउँलेसंग भएको झडपमा प्रहरीले ६७ राउण्ड हवाइ फायर गरेको छ। दुर्लभ वन्युजन्तुको अंग तस्करीमा संलग्नलाई पक्राउ गर्न गएको नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो सिआइबीको टोलीलाई गाँउलेहरुले घेरा हालेपछि झडप भएको हो। काठमाडौंबाट प्रहरी निरीक्षक भोला भट्टको नेतृत्वमा आएको सिआइबीको टोलीले बेडेर्वा टोलका सरजुग चौधरीको घरमा छापा मारेर चौधरीलाइ हात्तीको दारासहित नियन्त्रणमा लिएपछि गाँउलेहरुले सिआइबी टोलीलाइ घेरा हालेका थिए।गाँउलेहरुको घेरामा रहेको सिआइबीको टोलीलाई उद्धार गर्न जिल्ला प्रहरी कार्यालय पर्सा ,इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली,इलाका प्रहरी कार्यालय एकटाङगा , प्रहरी चौकी बीरुवागुठी , प्रहरी चोकी मनवा , प्रहरी चौकी रंगपुर ,बाराको इलाका प्रहरी कार्यालय जितपुर र इलाका प्रहरी कार्यालय सिमराबाट करिब दुइ सयको संख्यामा प्रहरीहरु पुगेका थिए। सिआइबीको टोलीलाइ उद्धार गर्ने क्रममा गाँउलेहरुले प्रहरी माथि नै ढुङगामुडा गर्न थालेपछि प्रहरीले लाठीचार्ज गर्नुका साथै हवाइ फायर पनि गर्‍यो।विरगंजमा झडपमा ६७ राउण्ड हवाइ फायर विरगंज । पर्साको हरपुर ८ बडेर्वा टोलमा बुधबार साँझ स्थानीय गाउँलेसंग भएको झडपमा प्रहरीले ६७ राउण्ड हवाइ फायर गरेको छ। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ । दुर्लभ वन्युजन्तुको अंग तस्करीमा संलग्नलाई पक्राउ गर्न गएको नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो सिआइबीको टोलीलाई गाँउलेहरुले घेरा हालेपछि झडप भएको हो। काठमाडौंबाट प्रहरी निरीक्षक भोला भट्टको नेतृत्वमा आएको सिआइबीको टोलीले बेडेर्वा टोलका सरजुग चौधरीको घरमा छापा मारेर चौधरीलाइ हात्तीको दारासहित नियन्त्रणमा लिएपछि गाँउलेहरुले सिआइबी टोलीलाइ घेरा हालेका थिए।गाँउलेहरुको घेरामा रहेको सिआइबीको टोलीलाई उद्धार गर्न जिल्ला प्रहरी कार्यालय पर्सा ,इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली,इलाका प्रहरी कार्यालय एकटाङगा , प्रहरी चौकी बीरुवागुठी , प्रहरी चोकी मनवा , प्रहरी चौकी रंगपुर ,बाराको इलाका प्रहरी कार्यालय जितपुर र इलाका प्रहरी कार्यालय सिमराबाट करिब दुइ सयको संख्यामा प्रहरीहरु पुगेका थिए। सिआइबीको टोलीलाइ उद्धार गर्ने क्रममा गाँउलेहरुले प्रहरी माथि नै ढुङगामुडा गर्न थालेपछि प्रहरीले लाठीचार्ज गर्नुका साथै हवाइ फायर पनि गर्‍यो।अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै