नेभिगेशन
अन्य

संविधानसभाको मुडभेड गाँउ लैजाने तयारी

काठमाडौं । दलहरुका बीचमा सहमति भएको भए संविधानको मस्यौदा जारी गरेर दलहरु यतिबेला नागरिकको राय लिन गाउँगाउँ पुग्थे । संविधान निर्माणको कार्यतालिका अनुसार संविधानको मस्यौदा राजपत्रमा छापिएपछि सभासद्हरु त्यसबारे राय लिन गाउँगाउँ जानु पर्ने थियो । तर आफ्नै प्रतिबद्धता अनुसार संविधान जारी गर्न असफल बनेका सत्तारुढ र विपक्षी दल एकअर्कालाई आरोप लगाउन गाउँ जान लागेका छन् । तर माघ–८ मा संविधान जारी गर्न नसकेपछि संविधानसभा बैठकमा एकतर्फी रुपमा ताण्डव देखाएका दलहरु अब मुठभेड गाँउ गाँउ सम्म लैजाने तयारीमा लागेका छन् । संविधानसभा अध्यक्ष सुवास नेम्वाङले बहुमतका आधारमा प्रस्ताव समिति निर्माण गरेपछि जनतामा जाने निर्णयमा एमाओवादी पुग्यो । संविधानसभा अध्यक्ष र सत्तारुढ दलहरु बहुमतका आधारमा पेलेर जान लागेको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेर गाँउ गाँउ जाने निर्णयसंगै सत्तारुढ दलहरुले पनि सभासद् र कार्यकर्तालाई गाँउ गाँउ जान निर्देशन दिए । सत्तापक्ष र विपक्षका गतिबीधि हेर्दा संविधानसभा, सडक हुँदै अब द्धन्द दलहरुले गाँउ गाँउ सम्म लैजाने तयारी जोडतोडले गरेको देखिन्छ । विपक्षीहरुले आन्दोलन घोषणा गरेकै समय पारेर सत्तारुढ दलहरुले पनि आफ्ना सभासद् तथा कार्यकर्तालाई गाँउ जाने निर्देशन दिएपनि मुठभेड गाँउ गाँउ पुग्ने निश्चित जस्तै भएको हो । एकातिर ३० दलीय गठबन्धन कांग्रेस एमालेको भण्डाफोर र खबरदारी गर्न गाउँ जान लागेको छ भने अर्कोतिर सत्तारुढ कांग्रेस एमाले एमाओवादी नेतृत्वको मोर्चाले संविधान निर्माणका बारेमा भ्रम फैलाउने भन्दै भ्रम चिर्न गाँउ जान लागेका छन् । यसबाट सहजरुपमा के अनुमान गर्न सकिन्छ भने अब गाउँटोलमा पनि संविधान सभाभित्र भएको द्वन्द्वको झल्को देखिने निश्चित छ । दलहरुका पछिल्ला योजना, नेताका बोली र उनीहरुका गतिविधि नियाल्दा सहमतीय राजनीतिका सहयात्रीबीचको विश्वासको संकट बिस्तारै मुठभेडतर्फ उद्दत रहेको देखिन्छ । राजनीतिक दलहरुबीच संविधानका अन्तरवस्तुमा देखिएको तीब्र मतभेदसँगै बढेको ध्रुविकरणले मुलुकलाई पुनः मुठभेडमा लैजाने शंका भइरहेका बेला यसैलाई बल पुग्ने गरी दलहरु गाँउ गाँउ जान लागेको देखिन्छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख सत्तारुढ दल कांग्रेस संसदीय दलको बैठकले सभासदहरुलाई संविधान निर्माण प्रक्रियाबारे जानकारी दिन जिल्ला जान निर्देशन दियो । प्रश्नावली निर्माण समितिमा रहेका बाहेक सबै सभासदलाई जिल्ला गएर एमाओवादी र मधेसवादी दलहरुले फैलाउन सक्ने भ्रम चिर्न निर्देशन दिएको छ । कांग्रेसले भन्दा अघिल्लो दिन नै सत्तारुढ दल नेकपा एमालेले पनि प्रस्ताव निर्माण समिति गठन भएपछि संविधान निर्माणको ढोका खुलेको भन्दै आफ्ना सभासदलाई यही सन्देश लिएर शीघ्र जनतामा जान निर्देशन दिएको छ । एमालले त विपक्षी दलहरुले उदण्डता प्रस्तुत गरे प्रहरी प्रशासन लगाएर भएपनि प्रतिकार गर्न निर्देशन दिएको छ । त्यती मात्र होइन गाँउ गाँउ सम्म मुठभेड पुग्ने संकेत दलहरुले देखाइसकेको छन् । माघ ६ गते सप्तरीमा एमाले पार्टी कार्यालयमा आगजनी भयो । सो घटनामा एमाओवादी नेतृत्वको मोर्चाका कार्यकर्ता संलग्न रहेको एमालेको आरोप छ । एमाले सप्तरीको पार्टी कार्यालयमा आगजनी भएको भोलीपल्ट एमाओवादी नेतृत्वको मोर्चाका कार्याकर्ता र एमाले कार्यकर्ताका बीचमा झडप भयो र एमाले जिल्ला सदस्य घाइते भए । एमाओवादी नेतृत्वको मोर्चाले गाउँ र नगर तथा निर्वाचन क्षेत्रमा केन्द्रित हुने गरि गत सोमबार आन्दोलनका कार्यक्रम सार्वजनिक गरिसकेको छ । तीन चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत पहिलो चरणमा भण्डाफोर तथा खबरदारी अभियान, आन्दोलन तयारी, अन्तक्रिया, सभा, भित्तेलेखन, पर्चा वितरण, जिल्ला स्तरीय धर्ना, घेराउ, जनप्रदर्शन, सभा गर्ने विपक्षी योजना छ । सत्तारुढ दलहरुले पनि संयुक्त रुपमा विपक्षको भ्रम चिर्न मुख्य सहरहरुमा आमसभा गर्ने तयारीमा लागेको देखिन्छ । यद्यपी सत्तारुढ दलहरु आमसभा तथा गाँउ गाँउ जाने कार्यक्रम भने तय गरिसकेको छैनन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै