नेभिगेशन
अन्य

वार्ताबाटै समस्याको समाधान गरौं

काठमाडौ । प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माणका सम्बन्धमा देखिएको गतिरोध वार्ता र संवादको माध्यमबाट अन्त्य गरिने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा ७५ वटै जिल्लाका कांग्रेसका जिल्ला सचिवका लागि आयोजित चियापान कार्यक्रममा प्रधानमन्त्रीले वार्ताको लागि पहल भइरहेको बताए । कांग्रेसले शासकीय स्वरुप, न्यायप्रणालीजस्ता विवादित विषयमा लचकता अपनाएको भन्दै उनले एमाओवादी र मधेसवादी दललाइ आफ्नो मुद्दाबाटपछि हट्न आग्रह गरे । मुलुकमा अमनचयन, शान्ति, स्थायित्व र विकासका लागि लोकतन्त्र अपरिहार्य हुनेमा जोड दिँदै उनले लोकतन्त्र नमान्ने शक्तिलाई पनि लोकतन्त्रको मार्गमा उन्मुख गराउन आफूहरू लागिपरेको बताए । आन्दोलनले विकासको सम्भावना गुम्ने भन्दै विपक्षीलाई आन्दोलन छाडेर वार्तामा आउनसमेत प्रधानमन्त्रीले आग्रह गरे । कोइरालाले तीन दिनसम्म चलेको जिल्ला सचिवलाई प्रशिक्षण दिने प्रशिक्षकलाई प्रमाणपत्र वितरण पनि गरेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै