नेभिगेशन
अन्य

एमाओवादीद्वारा प्रस्ताव समितिको बैठक बहिष्कार गर्ने

काठमाडौ । एमाओवादीले शनिबार डाकिएको प्रस्ताव समितिको बैठक बहिष्कार गर्ने निर्णय गरेको छ । विपक्षी मोर्चाको विरोधका बाबजुत पनि ११ गतेको संबिधानसभा बैठकमा सभाध्यक्ष सुबासचन्द्र नेम्वाङले समिति गठनको प्रस्ताव पेश गरेका थिए । आज विहान सिंहदरबारमा बसेको एमाओवादी संसदीय दलको बैठकले समितिको बैठक बहिष्कार गर्ने निर्णय गरेको हो । बैठकले सभासदलाई गाउँगाउँ गएर सत्तापक्षको भण्डाफोर गर्न निर्देशन दिएको छ । सभाध्यक्षले प्रस्ताव पेश गरेपछि आन्दोलित विपक्षी मोर्चाले सभाध्यक्षलाई असहयोग गर्ने घोषणा गरेका थिए । सभाध्यक्षलाई असहयोग गर्ने रणनीति अन्तर्गत नै प्रस्ताव समितिको बैठक बहिष्कार गर्ने निर्णय गरिएको एमाओवादी नेता अग्नी सापकोटाले बताए । प्रक्रियामा गएर संबिधान बनाउने सत्तापक्षको निर्णय विरुद्ध तीन महिने आन्दोलन कार्यक्रम घोषणा गरेको विपक्षी मोर्चाले फागुन १६ गते राजधानीमा विरोध सभा आयोजना गर्ने भएको छ । फागुन १६ सम्म सभाध्यक्षलाई असहयोग गरिने नेता अग्नी सापकोटाले बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै