नेभिगेशन
खेलकुद

एशियन कप फुटबलमा अस्ट्रेलिया उपाधि नजिक

सिड्नी । पहिलो हाफमा गरेको दुई गोल मद्धतमा आयोजक अस्ट्रेलियाले युएईलाई २–०ले पराजित गर्दै मंगलबार एसियन कप फुटबलको उपाधि दाबेबार बनेको छ। अस्ट्रेलियाले शनिबार हुने फाइनलमा अपराजित दक्षिण कोरियाको सामना गर्नेछ। दक्षिण कोरियाले अघिल्लो दिनपूर्व विजेता इराकलाई हराउँदै फाइनल यात्रा तय गरिसकेको छ। रक्षक टे्रन्ट सेन्सबरी र जेसन डेभिड्सनको गोलमा १५ मिनेट नबित्दैे दुई गोलको अग्रता लिएको अस्ट्रेलियालाई जितका लागि त्यही गोल पर्याप्त भयो। अस्ट्रेलिया सन् २०११को उपविजेता हो। अघिल्लो संस्करणको विजेता जापान यसपल्ट क्वार्टरफाइनलबाटै बाहिरिएको थियो। ‘हाम्रो सपनाको सुरुआत भएको छ,‘वेस्ट ब्रोमका डेभिड्सनले भने, ‘खेल प्रतिस्पर्धात्मक हुन्छ भन्ने सोचेको थिएँ र हामीले क्लिनचिट गर्यौं ।’ ‘यो उत्कृष्ट प्रदर्शन होइन तर कहिलेकाहिँ सेमिफाइनलमा सोचेजस्तो हुँदैन’ भेट्रान फरवार्ड रोबी क्रुजले भने। अस्ट्रेलियालाई तेस्रो मिनेटमा नै कर्नर किकमा सेन्सवरीले हेड गोल गर्दै अग्रता दिएका थिए। १०औं मिनेटमा युएईले बराबरी गर्ने मौका खेर फालेको थियो। अहमद खालिलले गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो। १४औं मिनेटमा डेभिड्सनले गोल गर्दै अस्ट्रेलियाको अग्रता दोब्बर पारेका थिए।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै