नेभिगेशन
अन्य

दाहाल नेतृत्वको मोर्चाबाट बैद्य बाहिरिए

काठमाडौ । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा घोषण गरिएको संयुक्त आन्दोलनको मोर्चाबाट मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी बाहिरिएको छ। संविधानसभा विघटन गर्ने मुद्दामा दाहाल नेतृत्वको मोर्चा सहमत नभएपछि वैद्य पक्ष बाहिरिएको हो। संविधानसभामा संविधान लेखनका लागि अघि बढाइएको प्रक्रियाविरूद्ध दाहालले वैद्यसमेतलाई साथमा लिएर माघ ६ गते संयुक्त आन्दोलन गरेका थिए। राष्ट्रिय सहमतिमा संविधान निर्माण गर्न दबाब दिन एमाओवादी नेतृत्वको गठबन्धनमा सहभागी माओवादी मुख्य नारामै सहमत हुन नसकेपछि संयुक्त आन्दोलनबाट बाहिरिएको हो। एमाओवादी, मधेस केन्द्रित दल र संघीय समाजवादवादी पार्टीसहित संविधानसभाभित्रका दलहरू तत्काल संविधानसभा विघटनलाई साझा नारा बनाउन सहमत नभएपछि वैद्य संयुक्त आन्दोलनमा सहभागी नहुने भएका हुन्। संयुक्त आन्दोलनको न्यूनतम साझा अवधारणा बनाउने, आन्दोलन परिचालन कार्यदल बनाउने, कार्यदलको नेतृत्व आलोपालोमा गर्ने समझदारी हुन नपाउँदै वैद्य संयुक्त आन्दोलनबाट बाहिरिएका छन्। एमाओवादी नेतृत्वको ३० दलीय गठबन्धन, पद्मरत्न तुलाधर नेतृत्वको आदिवासी जनजाति राष्ट्रिय आन्दोलन र वैद्य नेतृत्व माओवादीले माघ ६ गते संयुक्त रूपमा नेपाल बन्द गराएका थिए। ‘‘मूल नारा नमिलेपछि त्यो कार्यक्रममा पनि समस्या भयो’, नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेलले भने, ‘हामी हाम्रै तरिकाले संघर्ष गर्छौं। उहाँहरू उहाँहरूकै तरिकाले संघर्ष गर्नुहुन्छ। एउटै मञ्च र कार्यक्रमचाहिँ नहुने भयो।’ वैद्यले संविधानसभा खारेज गरी सर्वपक्षीय राजनीतिक सभा गठन गरी समस्या समाधान गर्नुपर्ने माग गरेका छन् भने दाहालले पहिचान झल्किने संघीयता र उत्पीडित समुदायका अधिकार सम्बोधन हुने गरी संविधानसभाबाटै संविधान जारी गरिनुपर्ने माग गरेको समाचार अन्नपुर्ण पोष्टमा छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै