नेभिगेशन
अन्य

धादिङ कारागारमा क्षमताभन्दा पाँच गुणा बढी बन्दी

धादिङ । क्षमताभन्दा पाँच गुणा बढी कैदीबन्दी कारागारमा राख्नु पर्दा जिल्ला कारागार शाखा धादिङले समस्या भोग्दै आएको छ । पुरुष ३० र महिला पाँच जनाको बन्दी क्षमता भएको जिल्ला कारागार शाखामा १३७ पुरुष र १८ महिला गरी १५५ जना बन्दी कैदी राखिएको जिल्ला कारागार शाखा धादिङका सहायक जेलर मदन श्रेष्ठले बताए । बस्ने सुत्ने ठाउँ साँघुरो भएका कारण बन्दीलाई सुत्न नै समस्या पर्दै आएको कारागार प्रशासनले जनाएको छ । बन्दीहरु पालो गरेर सुत्न बाध्य भएका छन् भने पालो गरेर सुत्दासमेत पनि स्थान अभावका कारण कारागार प्रशासनले खाना बनाएर खाने स्थानमा २५ जना र कार्यालय प्रयोजनका लागि राखिएको कोठामा ११ जना र कारागार भवनको बाहिरपट्टिको भागमा २० जना त्रिपाल टाँगेर समेत रात कटाउन बाध्य भएको श्रेष्ठले जानकारी दिए । कारागार सानो छ खुट्टा राख्ने ठाउँ छैन । खाना बनाएर खानै मिल्ने ठाउँ नै छैन । सुत्नका लागि पालो कुर्नुपर्छ । शौचालय जानका लागि त धेरै समस्या छ । यति धेरै मानिस बिहान शौचालय जान नपाएर हरेक दिन समस्या पर्ने गरेको छ । जिल्ला अदालत र र प्रहरीको सक्रियतामा फैसला कार्यान्वयनमा तीव्रता आएपछि कारागारमा बन्दीको संख््यामा वृद्धि भएको कारागार प्रशासनले जनाएको छ । एक सय ५० जना बन्दी क्षमताको नयाँ कारागार भवन बनाउनका लागि ०६८ माघ २४ गते सम्झौता गरी ०७० असार २३ गतेभित्र काम सक्न खानी निर्माण सेवालाई करिब रु एक करोड ९० लाखमा ठेक्का दिइएको थियो । निर्माण कम्पनीको लापर्बाहीका कारण तीन पटकसम्म म्याद थप गरी काम गर्न समय थपिएपछि कम्पनीले काममा ढिलाइ गर्दा समयमै जिल्ला कारागार भवन निर्माण हुन सकेको छैन ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै