नेभिगेशन
अन्य

‘सत्तारूढ दलको धम्कीपूर्ण भाषाले सहमति हुदैन’

काठमाडौं । विपक्षी गठबन्धनले सरकारलाई समर्थन गर्ने १२ दलको भाषा धम्कीपूर्ण भएको उल्लेख गर्दै त्यसले वार्ताको वातावरण बनाउन नसक्ने जनाएको छ । विपक्षी गठबन्धनले संविधान निर्माण प्रक्रियामा लैजाने सभाध्यक्ष सुवास नेम्वाङको घोषणा फिर्ता नलिएसम्म वार्ताको वातावरण बन्न नसक्ने उल्लेख गरेको छ । ‘सत्तारुढ दलले निकालेको संयुक्त वक्तव्यको भाषा धम्कीपूर्ण छ, यसले वार्ताको वातावरण बन्दैन,’एमाओवादी महासचिव कृष्णबहादुर महराले भने,‘सभाध्यक्ष नेम्वाङले प्रक्रियामा जान भनी गरेको घोषणा खारेज नगरेसम्म वार्तामा जानुको औचित्य हुँदैन ।’ उनले कांग्रेस, एमालेलगायत १० दलको बक्तब्यमा बिपक्षीको चासो र सरोकारलाई पूरै बेवास्ता गरिएको समेत जनाए । मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले कही दिनअघि वार्ता नगर्ने घोषणा गरेको कांग्रेस, एमालेले संवाद गर्ने खाँचो किन पर्‍यो ? भनेर प्रश्न गरे । ‘वार्ताको वातावरण बनाउन संविधानसभामा भएको कदम खारेज हुनुपर्‍यो, विगतका सहमति, सम्झौता कार्यान्वयन गर्ने प्रतिवद्धता गर्नुपर्‍यो,’ उनले भने, ‘यो अवस्थामा विश्वासको वातावरण बन्न सक्दैन ।’ विपक्षी मोर्चाले सोमबार चैतसम्मको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । यसैबीच शान्ति मन्त्री नरहरि आचार्यले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भेटेका छन् । उनले दाहालसित सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता आयोग गठन प्रक्रिया अघि बढाउनेबारेमा कुराकानी गरेका हुन् । राजनीतिक गतिरोध अन्त्यबारे खासै कुरा नभएको दाहाल निकट स्रोतले जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै