नेभिगेशन
अन्य

संविधान निर्माणको प्रक्रिया र सहमति सँगसँगै अघि बढाउने दलहरुको निर्णय

काठमाडौँ । नेपाली काँगे्रस, नेकपा एमाले, राप्रपा, नेकपा माले, नेकपा संयुक्त, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दललगायतका राजनीतिक दलहरुको मंगलवार बसेको बैठकले संविधान निर्माणको प्रक्रिया र त्यसमा अन्य दलहरुको सहमति खोज्ने प्रयास सँगसँगै अघि बढाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सबै दलको समर्थन लिएर संविधान निर्माणको प्रक्रिया अघि बढाउने निर्णय गरिएको नेका उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए । उनले सबै दललाई संविधान निर्माण प्रक्रियामा सहभागी गराउँदै अघि बढ्ने तय भएको जानकारी गराउँदै भने, ‘माघ ११ गते गठन भएको प्रस्ताव निर्माण समितिमा उपस्थित नभएका दललाई समितिमा सहभागी हुन बैठकले आग्रह गरेको छ ।’ बैठकले विद्यमान संविधान, विधिको शासन र लोकतान्त्रिक मर्यादाको सम्मान गर्दै छिटोभन्दा छिटो नयाँ संविधान जारी गर्न प्रस्ताव निर्माण समितिमा सहभागी हुन र वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न एमाओवादी सम्बद्ध मोर्चा तथा साझा मुद्दाका लागि गठित संयुक्त मञ्चका नेताहरुलाई आग्रह गर्दै विधि र नियम बमोजिम संविधानसभाको निर्णय प्रक्रियालाई निरन्तर रुपमा अघि बढाउन आह्वान गरेको छ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सकेसम्म सहमति कायम गर्दै संविधान निर्माण प्रक्रियालाई अघि बढाउनुपर्छ भन्ने विषयमै बैठक केन्द्रित भएको बताए । नेपाली जनता दलका अध्यक्ष हरिश्चन्द्र साहले अन्तरिम संविधान, बार्ह बुँदे समझदारीजस्ता कुराहरुलाई समेट्दै संविधान निर्माण प्रक्रियामा जानुपर्ने विषय बैठकमा राखिएको बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै