नेभिगेशन
अन्य

राजविराजमा बस खस्दा एकको मृत्यु , दर्जन घाइते

राजविराज । पूर्व–पश्चिम राजमार्गमा पश्चिमवटा पूर्वतर्फ जाँदै गरेको ना ४ ख ६९७६ नम्बरको यात्रुबस बक्धुवा ८ स्थित सडकबाट खोला खस्दा एकजनाको मृत्यभएको छ । अत्यधिक गतिमा रहेका सो यात्रुबस मंगलबार बिहान सडकबाट खोलामा खसेर दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा परी घाइते भएका एक दर्जनमध्ये आधा दर्जनको अवस्था गम्भीर रहेको छ । सडकस्थित खोला माथि रहेको पुलको रेलिङ भत्काएर अनियन्त्रित भई खोलामा खसेको थियो । बसको गति बढी रहेका अनियन्त्रित भई खोलामा खसेको स्थानीयले बताएका छन् । दुर्घटनामा परी सुनसरीको दुहबी ५ का ४९ वर्षीय मोहम्मद आसिमको घटनास्थलमै मृत्यु भएको हो । उनको शवलाई पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्प्तालस्थित राखिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । घाइते सबैको स्थानीय धर्मेश्वर अस्पतालमा प्राथमिक उपचारपछि सघन उपचारकालागि विराटनगरस्थित विभिन्न अस्पताल पठाइएको छ । दुर्घटनाग्रस्त बसका चालक भने फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै