नेभिगेशन
अन्य

प्रमुखसहित ६ प्राध्यापकले राजीनामा,बीरेन्द्र क्याम्पस ठप्प

चितवन । विद्यार्थी संगठन र क्याम्पस प्रशासनबीचको विवादका कारण चितवनको वीरेन्द्र बहुमुखी क्याम्पस आज ठप्प भएको छ । वीरेन्द्र क्याम्पसमा नेपाल विद्यार्थी संघले कारागारभित्रै आक्रमणमा परी मारिएका शिव पौडेलको स्मृतिमा सरस्वतीको मन्दिर बनाएपछि उत्पन्न विवादले चरम रुप लिएर क्याम्पस ठप्प भएको हो । विवादका कारण क्याम्पसप्रमुखसहित ६ जना प्राध्यापकले सामूहिक राजीनामा दिएका छन् । क्याम्पसमा देखिएको जबर्जस्ती सहन नसकेर राजीनामा दिएको क्याम्पस प्रमुख डा केशवभक्त सापकोटाले बताए । उनीससंगै राजीनामा दिनेमा सहायक क्याम्पस प्रमुख गोविन्द सापकोटा, धर्मबहादुर थापा, खगराज आचार्य, अर्जुनप्रसाद सापकोटा र दयानिधि घिमिरे छन् । उनीहरुले दिएको राजीनामापत्रमा क्याम्पसको जग्गा अतिक्रमण भएको देख्न नसकेर आफूहरुले राजीनामा दिएको उल्लेख छ । एउटा विद्यार्थी संगठनले कसैको नाममा भौतिक निर्माण गरेपछि अरू समूहले पनि यस्ता गतिविधि गर्ने भएकाले यसलाई रोक्न खोज्दा जबर्जस्ती गरिएकाले राजीनामा दिएको डा सापकोटाले बताए । सरस्वती पूजाको दिनमा उक्त मन्दिर अज्ञात समूहले भत्काई दिएको थियो । त्यसपछि वीरेन्द्र बहुमुखी क्याम्पस नेविसंघ इकाई समितिले क्याम्पस प्रशासनले मन्दिर भत्काएको भन्दै आन्दोलन सुरु गरेपछि क्याम्पस बन्द हुन पुगेको हो । सरस्वतीको मन्दिर पुनः निर्माण नभएसम्म आन्दोलन नरोक्ने नेविसंघ इकाई सभापति वचन कार्कीले बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै