नेभिगेशन
अन्य

अमेरिकामा अहिले सम्मकै भयानक हिमआँधी

काठमाडौं । अमेरिकाका केही राज्यमा भयानक हिमआँधीको सुरुवातभएकाले सोमबार रातीबाट संकटकाल घोषणा गरिएको छ । सोमबार रातीबाट सुरु भएको जुनो नामको हिमआँधी मध्यरातबाट भयानक हुने मौसमविद्हरुले चेतावनी दिएका छन् । कपियत ठाउँमा जुनो हिमआँधी अहिलेसम्मकै ठूलो र खतरनाक हुने उनीहरुको चेतावनी छ । हिमआँधी प्रतिघण्टा ५० देखि ७० माइलसम्मको हुने अनुमानसहित विभिन्न राज्यले सर्वसाधारणलाई जतिसक्दो छिटो घर फर्कन र बाहिर ननिस्कन सतर्क गराएका छन् । हिमआँधीबाट लाखौं मानिस प्रभावित हुने सक्ने भएकाले स्थानीय मिडिया र सामाजिक सञ्जालहरुमा स्थितिका लागि अपडेट रहन समेत आग्रह गरिएको छ । यस्तो चेतावनीसँगै न्यूयोर्क, बोस्टन, रोड आइल्याण्ड, पेन्सिलभेनिया लगायत राज्यमा उच्च सतर्कता र तयारीसँगै संकटकाल घोषणा गरिएको हो । संकटकालसँगै यहाँका सरकारी तथा नीजि कार्यालय, यातायात सेवा, हवाई सेवा, बजार, विद्यलाय बन्द गरिएका छन् । कतिपय ठाउँमा हिमआँधी अहिलेसम्मकै खतरानक हुने अनुमानसँगै मानिसहरुलाई सुरक्षित स्थानमा रहन र उच्च सतकर्ता अपनाउन सार्वजनिक अपिल गरिएको छ । हिमआँधीका कारण विभिन्न सहरका राष्ट्रिय तथा अन्तराष्ट्रिय विमानस्थलले सोमबार तथा मंगलबारका हजारौं हवाई उडान स्थगित गरिसकेका छन् । सार्वजनिक बस तथा रेल सेवा समेत सोमबार मध्यरातिबाट बन्दको घोषणा गरिएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै