नेभिगेशन
अन्य

विपक्षीलाई वार्ताका लागि साझा अपिल गर्दै सत्तापक्ष

काठमडौं । संविधानसभाम संविधानसभा अध्यक्षले प्रश्नावली समिति बनाउने प्रस्ताव गरेपछि बिरोधमा उत्रेको एमाओवादी नेतृत्वको मोर्चालाई वार्तामा ल्याउनका लागि सत्तारुढ दलहरुले आजबाट औपचारिक पहल सुरु गर्नेभएका छन् । सरकारमा रहेका दलहरुले साझा वक्तव्य निकालेर विपक्षी मोर्चामा रहेका दलहरुका अपिल गर्ने तयारी गरेका छन् । कांग्रेस–एमाले लगायतका सरकारमा रहेका दलले संविधानका विवादित विषयमा छलफलमा सहभागी हुन विपक्षी मोर्चालाई औपचारिक रुपमा आग्रह गर्ने तायरी गरेका हुन् । यसको तयारीका लागि सत्तारुढ दलहरुको बैठक बसेर वार्ता र सम्वादमा आउन संयुक्त रुपमा आग्रह गर्ने तयारी छ । दिउँसो बैस्ने बैठकले कांग्रेस एमालेका लगायत सरकारमा रहेका दलका शीर्ष नेताहरुको हस्ताक्षर भएको बिज्ञप्ती सहति औपचारिक रुपमा वार्तामा आउन अपिल गरिने कांग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए । बैठकको समय र स्थानको बारेमा भने टुगो लागिसकेको छैन । सोमवार बालुवाटारमा बसेको कांग्रेस र एमालेको बैठकले संविधानसभामा फरक मत राख्ने एमाओवादीसहितका विपक्षी दलहरुसँग सहमतिको लागि वार्ताको ढोका खुल्ला राख्ने र संविधान निर्माण प्रक्रियालाई पनि अघि बढाउने निर्णय गरेको थियो । एकलौटीमा रुपमा बहुमतीय प्रक्रिया सुरु गरेकोभन्दै विपक्षी मोर्चाले भने सरकार,सत्ताधारी दल र संविधानसभाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई असहयोग गर्ने निर्णय गर्दै हिजो चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरिसकेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै