नेभिगेशन
अन्य

ग्याँस कम्पनीको असहयोगपछि सरकारले आजबाट बिक्री रोक्यो

काठमाडौं । उपभोक्ताको मागअनुसार ग्यास आपूर्ति गर्न नसकिएपछि नेसनल टेडिङ लिमिटेडले आजबाट ग्यासको बिक्री स्थगित गर्ने जनाएको छ । सरकारले ग्याँस बिक्री गर्न थालेपछि ग्याँस कम्पनीहरुले असहयोग गरेर ग्यास सिलिण्डर उपलब्ध नगराएपछि आजबाट ग्याँस बिक्री गर्न स्थागित गरेको हो । केही समयदेखि ग्यासको अभाव भएपछि लिमिटेडले आफ्नै कार्यालयबाट आइतबार र सोमबार ग्यास बिक्री गरेको थियो । उपभोक्ताको अत्यधिक माग रहेको र सोअनुरुप ग्यास कम्पनीले ग्यास सिलिण्डर उपलब्ध गराउन नसकेपछि अर्को सूचना नभएसम्मका लागि बिक्री स्थागित गरिएको लिमिटेडका निमित्त महाप्रबन्धक सत्यनारायण मेहताले बताए । उनले मंगलबार सबै ग्यास कम्पनीसँग छलफल गरी पर्याप्त ग्याँस संकलन गरेपछि चाँडै विक्री थालिने स्पष्ट पारे । उनका अनुसार आइतबार र सोमबार गरी नेसनल ट्रेडिङले चार हजार ३०० ग्यास सिलिण्डर विक्री गरेको छ । आइतबार २८ र सोमबार २० वटा ग्यास कम्पनीले ग्यास बिक्रीवितरण गरेका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै