नेभिगेशन
अन्य

एमाओवादी मोर्चाद्धारा आन्दोलन घोषणा

काठमाडौं । एमाओवादी नेतृत्वको मोर्चाले तीन चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । पहिलो चरणमा पार्टीगत बैठक र आन्दोलनको तयारी, दोस्रो चरणमा सशक्त क्रियात्मक आन्दोलन र तेस्रो चरणमा निर्याायक आन्दोलन गर्ने भएको छ । पार्टीगत बैठक सोमबारबाटै सुरु गर्ने र निर्णायक आन्दोलन चैत १६ गतेदेखि थाल्ने बैठकपछि पत्रकार सम्मेलन गरेर एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले जानकारी दिए । एमाओवादी गठबन्धनले सोमवार दिनभर सिंहदरबारमा छलफल गरेको थियो । सोमवार राती बैठक सकिएपछि लगत्तै पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको हो । घोषणा गरिएका आन्दोलनका कार्यक्रममा माघ १२ देखि २० सम्म सबै पार्टी आफ्नो आन्तरिक बैठक गर्ने, आन्दोलनको तयारी गर्ने, माघ २१ देखि २९ सम्म गाउँ क्षेत्र, नगरस्तरीय अन्तक्रिया, भित्तेलेखक पर्चा वितरण गर्ने तथा आफ्नो निर्वाचन क्षेत्रमा खबरदारी सभा गर्ने मोर्चाका नेता आरके खुम्बुले जानकारी दिए । यसैगरी चैत १ देखि १० सम्म जिल्लास्तरीय धर्ना, घेराउ तथा जनप्रदर्शन गर्ने र आमसभा गर्ने मोर्चाले घोषणा गरेको छ । त्यस्तै फागुन १७ गते काठमाडौंमा जनसभा गर्ने मोर्चाले जनाएको छ । यसैगरी फागुन १७ देखि चैत १५ सम्म विभिन्न प्रतिकात्मक विरोधका कार्यक्रम गर्ने खुम्बुले जनाए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै