नेभिगेशन
अन्य

संविधानसभा छोडे एमाओवादीसंग सहकार्य

काठमाडौं । नेत्रविक्रम चन्दले नेतृत्वको माओवादीले संसदमा रहेका वामपन्थी दलहरुलाई संसदबाट राजीनामा दिएर सडकमा आउन आग्रह गरेको छ । ‘संसदभित्र सम्भावनाको खोज्ने बाहना गर्नु एमाओवादीसहितका बामपन्थी शक्तिका लागि मृगमरिचीका बाहेक केही हुन सक्दैन’, सो पार्टीका महासचिव चन्दले सोमबार विज्ञप्ती निकालेर भनेका छन्, ‘उनीहरुले जनताको पक्षमा संघर्ष गरेका हुन् भने प्रतिक्रियावादी संसदबाट राजीनामा गरी जनतामा आई अर्को राजनैतिक सहमतिका लागि संघर्षमा उत्रन आग्रह गर्दछौ ।’ उनले जारी गरेको वक्तब्यमा जनताको मुक्ति र प्रगतिको चहानाविरुद्ध कांग्रेस–एमालेले प्रतिगामी शैलीमा संविधान बनाउन खोजेको जनाउँदै त्यसको प्रतिरोध गर्न एमाओवादीसहितका वामपन्थी दललाई सडकमा आउन आग्रह गरेका हुन् । ‘शान्ति सम्झौताको उलंघन गर्दै प्रतिगामी तत्वबाट एकलौटी रुपमा संविधान निर्माण गर्न खोजिनुले विगतमा सहमति र सम्झौता तोडिएको छ’ , विप्लवले भनेका छन्, ‘जनयुद्वबाट प्राप्त उपलब्धी संस्थागत नगरी पुरानो सत्ता ब्युँताउने काम भएको छ । सत्तारुढ दल शान्ति प्रक्रियाको अन्त्य गर्न जुटेकाले त्यसको प्रतिरोध गर्नु नै अन्तिम विकल्प हो ।’ चन्दले आफूहरु गोलमेच सम्मेलन र सर्वपक्षीय राजनैतिक सभाबाट नै संविधान निर्माणमा अघि बढ्नुपर्ने अडान दोहोर्याउँदै अन्य वामपन्थी शक्तिलाई पनि त्यही अडान लिन भनेका हुन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै