नेभिगेशन
अन्य

सभासद्लाई पाँच दिन गाउँ जान कांग्रेसको निर्देशन

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले पार्टीका सबै सभासद् र कार्यकर्तालाई पाँच दिन आ–आफ्नो निर्वाचन क्षेत्रमा गएर संविधान निर्माणमा कांग्रेस–एमाले पक्षमा जनमत निर्माण गर्न निर्देशन दिएको छ । एमालेले सवै सभासदलाई गाँ जान निर्देशन दिएको भोलीपल्ट कांग्रेसले पनि आफ्ना सभासदहरुलाई आ–आफ्नो निर्वाचन क्षेत्रमा जान निर्देशन दिएको हो । संविधानसभाले संविधान निर्माणका लागि बहुमतका आधारमा प्रश्नावली समिति गठन गरेको भोलिपल्ट कांग्रेस संसदीय दलको बैठकमा प्रधानमन्त्री कोइरालालले सभासद्हरूलाई निर्देशन दिँदै जिल्लामा गएर पार्टीको धारणबारे प्रचार गर्न निर्देशन गरेका हुन् । बैठकमा कांग्रेसका उपसभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवाले सहमतिका लागि भएका पहलका बारेमा सभासद्हरुलाई जानकारी गराएका थिए । संविधान निर्माण प्रक्रिया अघि बढेको भन्दै वरिष्ठ नेता देउवाले कांग्रेस–एमालेले ल्याएको प्रस्ताव सबैलाई समेटेर समन्वयकारी भूमिकाका लागि ल्याएको हो, विरोध गर्नुको अर्थ नभएको बताएका थिए । संविधान निर्माणको पहिलो पाइलो अघि सरेको भन्दै देउवाले संविधानसभाभित्रका आगामी दिन चुनौतीपूर्ण रहने भएकाले सतर्क भएर अगाडि बढ्नुपर्ने बताए । यस्तै प्रधानमन्त्री कोइरालाले प्रतिपक्षीलाई जसरी भए पनि सहमतिमा ल्याएरै छाड्ने भन्दै एमाओवादीका अध्यक्षसँग वार्ताको थालनी भइसकेको खुलाए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै