नेभिगेशन
अन्य

विपक्षी मोर्चाले सत्तारुढ दलबिरुद्ध आन्दोलन गर्ने

काठमाडौं । एमाओवादी नेतृत्वको विपक्षी मोर्चाले बहुमतीय प्रक्रियामा जाने सत्तारुढ दलको निर्णयविरुद्ध सडक आन्दोलन गर्ने घोषणा गरेको छ । आज सिंहदरबारमा बसेको मोर्चाको बैठकले संविधानसभामा हिजो सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले गरेको प्रस्ताव समिति गठनको प्रस्ताव विरुद्ध समेत आन्दोलन निर्णय गरेको हो । हिजोको संबिधानसभा बैठकमा सभाध्यक्ष नेम्वाङले प्रस्ताव समिति गठनको प्रस्ताव आफैं पढेपछि हिजोदेखि विपक्षी आन्दोलनमा उत्रिएका छन् । हिजो आइतबार साँझ विपक्षीहरुले सभाध्यक्ष नेम्वाङविरुद्ध प्रतिकात्मक सभा गरेका थिए भने केही ठाउँमा उनको पुत्लासमेत दहन गरिएको थियो । आज बैठकबारे जानकारी दिंदै मधेसी जनाधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले सत्तापक्षले विपक्षीलाई पेलेर जान खोजेको आरोप लगाए । उनले दुई तिहाई बहुमतबाट संबिधान निर्माणको प्रक्रिया थालेर सत्तारुढ दलले यसअघिका सबै सहमति र सम्झौंता उल्लंघन गरेको आरोप लगाए । सडक आन्दोलनको स्वरुपबारे विपक्षी मोर्चाले आज साँझसम्म निर्णय गर्ने जनाएको छ । सिंहदरबारमा बसेको १९ दलीय मोर्चाले संबिधानसभा बाहिर रहेका आफ्नो घटक नेकपा–माओवादीलगायतका दलसँग गरेर आन्दोलनको कार्यक्रम अनुमोदन गराउने भएको हो । विपक्षी मोर्चाको हिजोको बैठकले सत्तारुढ दल र सभाध्यक्ष सुबास नेम्वाङसँग निर्णय नसच्याएसम्म वार्ता नगर्ने निर्णय गरेको थियो । संबिधानसभामा बहुमतीय प्रक्रिया सुरु गर्ने सत्तारुढ दलको निर्णय लगत्तै एमाओवादीसहितको विपक्षी मोर्चाले माघ ५ गतेदेखि संबिधानसभामा नाराबाजी गरेको थियो । नाराबाजीका बाबजुत पनि आइतबारको बैठकमा सभाध्यक्ष नेम्वाङले प्रस्ताव समिति गठन गरेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै