नेभिगेशन
अन्य

आज भारतको ६६ औं गणतन्त्र दिवस

काठमाडौं । भारतमा आज ६६ औं गणतन्त्र दिवस मनाइदै छ । यो वर्षको गणतन्त्र दिवसको समारोहमा प्रमुख आतिथ्यता ग्रहण गर्न अमेरिकी राष्ट्रपति बराक ओबामा भारत आएका हुन् । ओबामाको भ्रमणलाई ध्यानमा राखी भारतभर सुरक्षा व्यवस्था कडा बनाइएको छ । इतिहासमै सबैभन्दा उच्च सुरक्षा व्यवस्था गर्न हजारौं सुरक्षा बल तैनाथ गरिएको छ भने १५ हजार सीसीटिभीले निगरानी राख्नेछ । सातपत्रे सुरक्षा घेराका लागि ५० हजार सुरक्षाकर्मी खटाइएको भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् । ओबामाको सुरक्षाका लागि अमेरिकाबाटै ५ सय गोप्य सुरक्षाकर्मी भारत आइपुगेका छन् । गणतन्त्र समारोहस्थल नयाँ दिल्लीलाई उडान निषेधित क्षेत्र घोषणा गरिएको छ । सुरक्षा गस्ती बढाइनुका साथै ठूल्ठूला भवनमा स्नाइपर हतियारयुक्त विशेष दस्ता तैनाथ गरिएको छ । तीनदिने भ्रमणका लागि आउनु भएका ओबामा र अमेरिकी प्रतिनिधिमन्डलका लागि दिल्लीको मौर्य सेराटन होटलका ४ सय ३८ कोठा पूरै बुक गरिएको छ । ओबामा चढ्ने कार अमेरिकाबाटै झिकाइएको छ भने ओबामा रहने र हिँड्ने ४ सय किलोमिटर क्षेत्रमा हवाई उडानमा रोक लगाइएको छ । अमेरिकाबाट ल्याइएका दुई दर्जन बढी विशेष तालिमप्राप्त कुकुर पनि भ्रमण अवधिभर भारतमै रहनेछन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै