नेभिगेशन
अन्य

अब छिट्टै प्रजातान्त्रीक संविधान : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशील कोइरालाले प्रजातान्त्रिक संक्रमणको अन्तिम चरणमा नेपाल पुगेको र संविधानसभाबाटै चाँडै प्रजातान्त्रिक संविधान जारी गरेर विगतमा भएका संघर्षका उपलब्धिलाई संस्थागत गर्दै शान्त, स्थिर, प्रजातान्त्रिक एवम् समृद्ध नेपाल निर्माणको आधारस्तम्भ तयार हुनेमा विश्वस्त रेको बताएका छन् । भारतको ६६ औँ गणतन्त्र दिवसको अवसरमा भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पठाएको सन्देशमा प्रधानमन्त्री कोइरालाले प्रजातान्त्रिक व्यवस्था तथा सामाजिक–आर्थिक रुपान्तरणका निम्ति भारतको भरोसा तथा निरन्तर सद्भाव एवम् समर्थन नेपालले अपेक्षा गरेको बताउँदै उनले मोदीको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै भारतीय जनताको शान्ति, प्रगति एवम् समृद्धिको कामना गरेका छन् । प्रधानमन्त्री कोइरालाले नेपाल सरकार र नेपाली जनताका तर्फबाट भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी तथा भारतीय नागरिकहरूप्रति हार्दिक बधाइ ज्ञापन गरेका छन् । प्रधानमन्त्री कोइरालाले आफ्ना भारतीय समकक्षी श्री मोदीलाई आज एक बधाइ सन्देश पठाउँदै भारतले विविध विधामा हासिल गरेको अभूतपूर्व प्रगतिको नेपालीले गौरवका साथ कदर गरेका र गणतन्त्र दिवस मनाइरहेका भारतीय नागरिकहरूको खुशियालीमा साथ दिएका बताएका हुन् । नेपाल र भारतबीचको शताब्दीऔँ पुरानो मैत्री सम्बन्ध समान सामाजिक–आर्थिक मान्यता एवम् समझदारी, सद्भाव र सहयोगमा आधारित रहेका बताउँदै सन्देशमा उनले समयको प्रवाहसँगै बहुआयामिक द्विपक्षीय सम्बन्ध पारस्परिक लाभका निम्ति निरन्तर प्रगाढ हुँदै गएको उल्लेख गरेका छन् । गत साउनमा प्रधानमन्त्री मोदीले गरेको नेपालको औपचारिक भ्रमण तथा त्यसपछि मङ्सिरमा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १८ औँ शिखर सम्मेलनका क्रममा गरेको भ्रमणको स्मरण गर्दै प्रधानमन्त्री कोइरालाले ती भ्रमणबाट नेपाल र भारतबीचको गहन सहकार्य एवम् सहयोगका निम्ति मार्ग प्रशस्त भएको बताएका छन् । उनले भारतीय प्रधानमन्त्रीबाट भएका ती भ्रमणबाट नेपाल–भारत सम्बन्धमा अपूर्व प्रगति प्रमाणित गरेको जनाएका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै