नेभिगेशन
अन्य

ओलीद्धारा विपक्षी बिरुद्ध पाँच दिन गाउँ जान निर्देशन

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पाँच दिनका लागि गाउँगाउँ जान आफ्ना सभासद्हरूलाई निर्देशन दिएका छन् । आइतबारको संविधानसभाले प्रश्नावली समितिको प्रस्ताव पारित गरेपछि बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्षले ओलीले सभासद्हरूलाई भने,‘तपाईँहरू पाँच दिनका लागि गाउँ जानुहोस, जनताको माझमा हुनुहोस् ।’ एमाओवादी नेतृत्वको मोर्चाले ‘प्रतिकारात्मक’ अभियान चलाउने चेतावनी दिइरहेका बेला ओलीले भने गाउँगाउँमा गएर विपक्षीहरूका उदण्डता रोक्ने प्रयास गर्दै पुलिस, प्रशासन लगाएर उनीहरूलाई थुन्न निर्देशन दिए । ओलीले माओवादीको चेतावनीप्रति लक्षित गर्दै आफ्नो पार्टी सकभर प्रतिकारमै नजाने बताए । ‘तर, हामीले प्रतिकार नै गर्न चाह्यौँ भने त्यो उनीहरुका लागि महंगो पर्नेछ, हामी सकभर त्यता जाँदैनौँ ।’ उनले संविधानसभा प्रक्रियामा गइसकेको हुनाले अब जसरी भएपनि संविधान बनेरै छोड्ने दावी पनि गरे । एमाले कहिल्यै पनि यताउता ढुलमुल नभएको भन्दै उनले भने–‘एमाले कहिल्यै गड्यौलाको टुप्पा छोएजस्तो यताउता गर्दैन ।’ उनले अहिलेको राजनीति बाघले बिरालो जिस्काएको जस्तै भएको भन्दै अब प्रक्रियामा गइसकेको हुँदा राजनीति सही दिशामा अघि बढ्ने पनि बताए । अध्यक्ष केपी शर्मा ओलीले सहमतिको प्रक्रियाबाट आफूहरु संविधान जारी गर्न पक्षमा रहेको बताएका छन् । संविधानसभाको बैठक लगत्तै संविधानसभा भवन नयाँबानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उहाँले सहमतिको प्रयासलाई कायमै राखी सर्मथन गर्नेको संघ अधिक बनाउने प्रयास गरिने उल्लेख गरे । संविधानसभाभन्दा बाहिर रहेका शक्तिलाई पनि समेटेर लोकतान्त्रिक संविधान निर्माण गर्ने प्रयास भइरहेको बताउँदै अध्यक्ष ओलीले भने– ‘संविधानसभामार्फत विश्वमा कुनै पनि संविधान पूर्ण सहमतिका आधारमा बनेको छैन । सहमतिको परिभाषा भनेको आफूले भनेको हुँदा हुने, नहुँदा नहुने भन्ने होइन ।’ विधि, नियम, कानुनलाई आत्मसात् गरिसकेपछि त्यसलाई मान्दिन भन्नु लोकतन्त्रको मूल मान्यताविपरीत भएको जिकिर गर्दै उनले अझै पनि केही नबिगे्रकाले संविधान निर्माण प्रक्रियामा आउन एमाओवादीलगायतका दललाई आग्रह गरे । कुनै एउटा खास समुदाय, वर्ग विशेष मात्रै प्रतिनिधित्व हुने अवस्था लोकतन्त्रमा हुन नसक्ने भन्दै वरिष्ठ नेता खनालले मुलुकमा रहेका १२५ वटै जातजातिलाई अधिकार सम्पन्न बनाइने धारणा राखे ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै