नेभिगेशन
अन्य

नारावाजीका बीच संविधानसभामा प्रश्नावली समिति गठन

subash-nemwang_20140221102715काठमाडौं । एकिकृत नेकपा माओवादी नेतृत्वको विपक्षी मोर्चा आवद्ध सभासद्को घेराउ, नाराजुलुस, हुलदंगाबीच सभाध्यक्ष सुवास नेम्वाङले संविधान लेखनको प्रकिया अघि बढाएका छन । संविधानका विवादित विषय प्रक्रियाबाट टुंगो लगाउन नेम्वाङले प्रश्नावली समिति गठन गरेका छन् । समिति गठनका लागि सभाध्यक्ष नेम्वाङले राखेको प्रस्ताव दुईतिहाइभन्दा बढी बहुमतले प्रस्ताव पारित भएको छ । संविधानसभा नियमावलीको नियम ९१ बमोजिम सभाध्यक्षले समितमा रहने सभासद्हरुको नामावली पेस गरेको थिए । सभाध्यक्ष नेम्वाङले बैठकको कारबाही सुरु हुन्छ भन्न नपाउँदै एमाओवादी तथा मधेसी मोर्चासहितका विपक्षी सभासद् दौडेर रोष्ट्रम घेराउ गर्न पुगेका थिए । ७३ सदस्यीय प्रश्नावली समितिको बैठक पाँच दिनपछि बस्ने गरी डाकिएको छ । दलहरुबीच छलफल र सहमतिका लागि सभाध्यक्षले पाँच दिन मौका दिएका हुन । संविधानसभाको बैठक भने अर्को सूचना नआएसम्मका लागि स्थगित भएको छ । शुक्रबारको बैठक स्थगित गर्नुअघि सभाध्यक्ष नेम्वाङले संविधानसभाले बनाएको कार्यसूचीमा सिंगो सभाको काम भएकोले आइतबारको बैठकमा सहमति भए पनि नभएपछि प्रक्रिया सुरु गर्ने स्पष्ट संकेत दिएका थिए । संविधानसभा सचिवालयले गत सोमबारदेखि तयार गरेको प्रश्नावली समितिका लागि प्रस्ताव पेस गर्ने कार्यसूची तयार गरे पनि विपक्षीको अवरोधका कारण संविधानसभा त्यसमा प्रवेश गर्न पाएको थिएन । प्रस्ताव पेस गर्न रोष्ट्रमतर्फ लागेका कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठलाई विपक्षी सभासद्ले शुक्रबार कब्जामा लिने प्रयास गरेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै