नेभिगेशन
अन्य

राष्ट्रपतिले प्रचण्ड र बाबुरामलाई भने– ‘‘सहमतिबाटै अघि बढ्नुहोस्’

ram-jiकाठमाडौं । राष्ट्रपति डा. रामवरण यादवले संविधान लेखनका विवादित विषय सहमतिकै आधारमा टुंग्याउन दलहरूलाई सुझाव दिएका छन्। आइतबार बिहान शीतल निवासमा प्रमुख प्रतिपक्षी एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेता डा. बाबुराम भट्टराईसँगको भेटमा राष्ट्रपतिले सहमतिको विकल्प नभएको भन्दै गतिरोध सहमतिमै टुंग्याउन आग्रह गरेका हुन्। उनले दलहरुबीच सहमति नबन्दा आमजनतामा निराशा छाएकाले मिलेरै अघि बढ्न दाहाल र भट्टराईलाई आग्रह गरेका थिए। जवाफमा एमाओवादी अध्यक्ष दाहालले आफूहरु सहमतिका लागि लचक भएपनि सत्तारुढ कांग्रेस–एमालेले अंकगणितको खेलमा लागेर सहमतिको साटो प्रक्रियामा अघि बढ्न खोज्दा सहमति बिथोलिएको बताएका थिए। यसअघि शनिबार विपक्षी दलहरुले सभामुख सुवास नेम्बाङलाई भेटेर सहमतिको सम्भावना अझै बाँकी रहेको भन्दै बैठक स्थगीत गरेर छलफलका लागि १० दिन समय मागेका थिए।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै