नेभिगेशन
अन्य

ओबामालाई स्वागत गर्न मोदी विमानस्थलमा पुगे

B8K40IOCMAAWGOwकाठमाडौं । यो पटकको भारतको गणतन्त्र दिवसका मुख्य अतिथि अमेरिकी राष्ट्रपति बाराक ओबामा भारत आइपुगेका छन् । आइतबार बिहान इन्दिरा गान्धी विमानस्थलमा ओर्लिएका ओबामाको स्वागतका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विमानस्थलमै पुगेका थिए । साधारणतया कुनै पनि देशका राष्ट्रप्रमुख वा सरकार प्रमुख आउँदा विदेश राज्यमन्त्री विमानस्थलमा स्वागत गर्न जाने भारतीय प्रचलन छ । तर, यसपालि भने प्रोटोकल तोड्दै ओबामालाई स्वागत गर्न भारतीय प्रधानमन्त्री आफै विमानस्थल पुगेको भारतिय संचारमाध्यमहरुले जनाएका छन् । यसअघि ०६२/०६३को जनआन्दोलनपछि भारत जाँदा तत्कालिन नेपालका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई लिन तत्कालिन भारतिय प्रधानमन्त्री मनमोहन सिंह विमानस्थलमा पुगेका थिए । त्यसपछि माधव नेपाललाई स्वागत गर्न विदेश राज्यमन्त्री र त्यसपछिका प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई स्वागत गर्नका लागि परराष्ट्र मन्त्रालयका सिष्टाचार महापाल विमानस्थल पुगेका थिए । भारतले प्रत्येक वर्ष गणतन्त्र दिवसका बेला विश्वका विभिन्न राष्ट्र तथा सरकार प्रमुखहरूलाई प्रमुख अतिथिका रुपमा निम्त्याउने गर्छ । सोमवार जानवरी २६मा भारतले ६६औं गणतन्त्र दिवस मनाउँदैछ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै