नेभिगेशन
अन्य

आज श्रीपञ्चमी बिद्याकी देवि सरस्वती पूजा गरि मनाइँदै

saraswatiकाठमाडौँ । शुभ कार्य र शुभ सङ्कल्प लिने दिनका रुपमाआज देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा गरिँदै छ । प्रत्येक वर्षको माघ शुक्ल पञ्चमीलाई श्रीपञ्चमीका रुपमा मनाउने प्राचीन प्रचलनअनुसार यो दिन विशेष गरी सरस्वतीको मन्दिर एवम् शिक्षालयमा विशेष पूजाआजा गरी यो पर्व मनाइँदै छ । विद्याकी देवी सरस्वतीको पूजाका साथ मनाइने यो पर्व विशेष गरी पूर्वी भारत र नेपालमा ठूलो उल्लाससहित मनाउने प्रचलन छ । प्राकृतिक रुपमा बोट बिरुवामा पालुवा आउन थाल्ने, जौ र गहुँका बाली लहलहाउने, आरु, आरुबखडा जस्ता फलमा फूल लाग्ने, चारैतिर रङ्गविरङ्गका पुतली उड्ने भएका कारण पनि यस समयलाई वसन्त ऋतुको आगमनलाई स्वागत गर्ने महत्वपूर्ण समयका रुपमा लिइन्छ । पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमका अनुसार प्रत्येक वर्षको माघ शुक्ल पञ्चमीका दिन विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजाअर्चना गर्नुका साथै वसन्त श्रवणसमेत गरिन्छ । यस दिन विष्णु, कामदेव र रतीको पूजा गरी शक्ति प्राप्त गर्ने प्राचीन जनविश्वास समेत रहेको उनले बताए । ‘शास्त्रहरुमा श्रीपञ्चमीलाई वसन्त पञ्चमीसमेत भनेर उल्लेख गरिएको छ । वसन्त ऋतु आइनसके पनि वसन्त ऋतुको स्वागत गर्ने महत्वपूर्ण समयका रुपमा यसलाई लिइन्छ ।’ उनले भने । आजकै दिन बालबालिकाहरुलाई अक्षर आरम्भ गर्ने दिनका रुपमा समेत लिने गरिन्छ । सरस्वतीको उत्पत्ति सम्बन्धमा पौराणिक धर्म ग्रन्थमा विभिन्न किंवदन्ती पनि पाइन्छ । एक किंवदन्तीअनुसार सृष्टिको प्रारम्भमा भगवान् विष्णुको आज्ञाअनुसार ब्रह्माले जीवको, विशेष गरी मानव जातिकोे रचना गरे । तर ब्रह्मा आफ्नोे सृष्टिसित भने खुुसी थिएनन् । उनलाई केही कमी भएको भान हुन्थ्यो । जसको कारण चारैतिर मौनता छाएको थियो । विष्णुुसित अनुमति लिएर ब्रह्माले आफ्नोे कमण्डलुबाट जल छरे, पृथ्वीमा जलकण छरिने बित्तिकै कम्पन हुनथाल्यो । यसक्रममा एक अद्भूत शक्तिको उत्पत्ति भयो । जुन एक चतुर्भुजी सुन्दर स्त्रीको थियो । उनको एक हातमा वीणा, अर्को हातमा वर मुद्रा थियो । अरु दुई हातमा पुस्तक र माला थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै