नेभिगेशन
LEADING_MAIN

एनआरएनद्वारा भवन निमाणका लागि १२ करोड ७२ लाख रुपैयाँमा जग्गा खरिद

एनएनए प्रतिनिधि काठमाण्डौ । गैरआवासीय नेपाली संघले आफ्नो केन्द्रिय कार्यालय भवन बनाउन काठमाण्डौमा जग्गा खरिद गरेको छ । काठमाण्डौको मुटु बालुवाटार स्थित प्रधानमन्त्री निवास र सभामुख निवासको ठिक अगाडि एनआरएनएले तीन रोपनी जग्गा खरिद गरेको हो । गैर आवासिय नेपाली संघ अन्र्तराष्ट्रिय समन्वय परिषद्का प्रवक्ता मन केसीले एक विज्ञप्ती जारी गरि भवन निर्माणका लागि जग्गा किनिएको जानकारी दिएका छन् । एनआरएनए आईसीसीले गठन गरेको जग्गा खरिद समितिको सुझाव अनुसार प्रतिआना २६ लाख ५० हजार रुपैयाँका दरले सो स्थानमा जग्गा खरिद गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ । जग्गाको कुल लागत १२ करोड ७२ लाख रुपैयाँ परेको छ । सो बापत एनआरएनएले जग्गाधनीलाई चार करोड रुपैयाँ बैना दिइसकेको छ । ‘हाम्रा साथीहरु एक बर्षभन्दा लामो समयदेखि जग्गा खोज्न लागिरहनुभएको थियो, ढिलै भए पनि निकै राम्रो ठाउँमा जग्गा पाइयो भन्दै अध्यक्ष घलेले यस कार्यमा बिगत एक बर्ष देखि खट्नु भएका अमेरिकाजका उपक्षेत्रिय संयोजक सोनाम लामालाई बिषेश धन्यवाद दिए । साथै घलेले जग्गा खरिद प्रकृयामा निरन्तर लाग्नुभएका उपाध्यक्ष भवन भट्ट, अमेरिकाजका क्षेत्रीय उपसंयोजक सोनाम लामा, एनआरएनए सचिवालयका कार्यकारी निर्देशक राजेश राणा तथा समितिका सदस्यहरु शिशिर भट्ट र सुरेश चित्रकार, बिल्लिडङ टास्कफोर्सका सवै तहका सदस्य तथा सहयोगीलाई धन्यवाद दिएका छन् । एक महिनाभित्रै भवन शिलन्यास गर्ने तयारीमा रहेको घलेले बताए । अध्यक्ष घलेले कार्यभार सम्हालेपछि आफ्नो पहिलो प्राथमिकतामा भवन निर्माणलाई राखेका थिए । अब भवन निर्माणका लागि प्रतिबद्धता जनाइएको रकम उठाउने, थप रकम संकलन गर्ने कार्यलाई पनि तिब्रता दिने बताईको छ । भवन निर्माणका लागि अहिलेसम्म करिव १७ करोडको प्रतिबद्धता आइसकेको छ भने त्यसमध्ये करिव ५ करोड रुपैयाँ खातामा जम्मा भइसकेको छ । करिव १५ करोड लागतमा भवन निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि काठमाण्डौको मुख्य स्थानमै जग्गा पाइएपछि त्यसको लागतमा केही बढ्ने देखिएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप LEADING_MAIN
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै