नेभिगेशन
अन्य

जनसम्पर्क समिती अस्ट्रेलियामा सीतल गिरी


 लास र दासको पार्टी होइन भनेर गगन थापाले हुंकार गरेसंगै जुर्मुराएको नेपाली कांग्रेश यतिबेला देशमा मात्र होइन बिदेशमा पनि पुन सक्रिय बन्न थालेको छ । 
यसै सन्दर्भमा अस्ट्रेलियामा पनि जनसम्पर्क समितीको निर्वाचनको सरगर्मीसँगै सीतल गिरीको अध्यक्षतामा नया कार्यसमिती निर्विरोध निर्वाचित भएको छ । तिन दिनसम्म चलेको निर्वाचन कार्यतालिकामा निकै घम्साघम्सीपछि मेलवर्नका गणेश पौडेलले सहमतिमा आफनो उमेदवारी फीर्ता लिएसँगै कार्यसमिती निर्विरोध चयन भएको हो । 
नेपाली जनसम्पर्क समिति, अष्ट्रेलियाको पाँचौँ अधिवेशन २०८३ अन्तर्गत निर्वाचन समितिको पहल तथा सम्बन्धित पक्षहरूसँगको निरन्तर छलफल, समन्वय र आपसी सहमतिका आधारमा केन्द्रीय समिति तथा विभिन्न राज्य समितिका पदहरूमा सर्वसम्मत उम्मेदवार चयन भएको निर्वाचन समितीका संयोजक अभिमन्यु केसीले जानकारी दिए । 
जसअनुरुप उपसभापतिमा सीडनीमा रोहित खड्का र समीर खतीवडा तथा महामन्त्रीमा दिनेश बञ्जारा (मेलबर्न) सुबिन राज वाग्ले
(पर्थ) निर्विरोध निर्वाचित भएका छन । यस्तै सह–महामन्त्रीमा सीडनीमा विशाल पोखरेल र एडिलेडका विशाल बाबु कोइराला चयन भएका छन । 
यस्तै राज्य समितीहरुमा वेस्र्टन अस्ट्रेलियाको संयोजकमा शुसान्त सुबेदी(मीक्की) र उपसंयोजकमा सन्तोष थापा निर्वाचित भए । 
यस्तै क्वीन्सल्यान्ड राज्यको संयोजकमा सुभाष प्रसाई, उप संयोजकमा सन्जिव शाह र सचिबमा रमेश खत्री चयन भएका छन । 
नर्दन टेरिटोरी राज्यको संयोजकमा मनीष सिम्खडा, उपसंयोजकमा दिवाकर दवाडी तथा सचिबमा गोबिन्द अर्याल निर्विरोध भएका छन । 
यस्तै न्यू साउथ वेल्सको संयोजकमा दियाल गिरी(राजु) सचिबमा सुदिप काजी बिष्ट र कोषध्यक्षमा प्रज्वल चापागाइै तथा सेन्ट्रलकोष्ट संयोकमा सम्राट कडेल चुनिएका छन । 

साउथ अष्ट्रेलियाको संयोजकमा भीम प्रसाद न्यौपाने तथा क्यापीटल टेरोटरी(म्यानबेरा)को संयोजकमा प्रेम बहादुर रायमाझी र उपसंयोजकमा सुभाष अधिकारी चयन भएका छन । तास्मानिया राज्यमा भने अनिल ढकाल संयोजकमा चयन भएका छन । भिक्टोरियाको सवालमा भने उमेदबारबिच सहमती जुटन नसकेपछि केहि पछि सारिएको निवाचन समितीका संयोजक केसीले जनाएका छन । 

यस्तै केन्द्रीय समिति सदस्यहरूमा  समित केसी(सिड्नी) दिनेश अधिकारी(पर्थ) जोन श्रेष्ठ,  दीपक डल्लाकोटी, बामदेव पौडेल, दीपक कँडेल, राजेश टण्डन,. प्रेम निरौला, प्रेम प्रकाश धामी, अरुणचन्द्र श्रेष्ठ, बिकाश कुमार झा, नेत्र विक्रम ओली, चन्द्र तिवारी,. विनोद उप्रेती, तारा डाँगी .गणेश तिवारी, रोशन घिमिरे, सुरज बस्नेत, रोहित कार्की,भजुमान तामाङ, अनुपम ढुंगाना, सनम गुरुङ, महेश जंग कुँवर, भीम बस्नेत,. नवीन ओली, कुबेरजंग शाही, सन्तोष भट्ट, वीर बहादुर जोरा, संगी शेर्पा, अनिता पौडेल, अनुपचन्द्र सुवेदी, सुरज जंग बस्नेत, सोनु ढकाल, निर्मल अर्याल, सुजन खड्का, सोभित प्रधान, एकराज बस्नेत, नरेश रावल, रमेश खड्का र अशोक लामा रहेका छन । 
हामीले उमेदबारी दिएका सबै साथीहरुको सहमती र सहकार्यमा यो निर्णय गरेका हौ, बिदेशमा रहेर कांग्रेसमा आस्था राख्ने सबै अग्रज र अनुजहरुलाई सहयोगका लागि धन्यवाद दिन चाहन्छु, निर्वाचन समितीका संयोजक अभिमन्युले बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्