नेभिगेशन
अन्य

बाढी पिडितको सहयोगार्थ जेट फाउन्डेसनको अग्रसरता

 

अस्ट्रेलियामा रहेको जेट अस्ट्रेलिया फाउन्डेसनले नेपालको बाढी पीडितको सहयोगार्थ च्यारीटी कार्यक्रम अघि सारेको छ । 

बुहसंख्यक भारतिय बैष्णबहरुको बाहुल्यता रहेको यो जियार एजुकेशनल ट्रष्टले आउँदो आइतबार सीड्नीमा च्यारीटी कार्यक्रमको आयोजना गरि उठेको रकम नेपालको रसुवा तथा नुवाकोटको बाढि पीडितको सहयोगमा लगानि गर्ने सीड्नी च्याप्टरका अध्यक्ष स्वामी नेत्रपालीले बताए । 

यसअघि पनि नेपालको बिनासकारी भुकम्पमा जेट अस्ट्रेलियाले निकै ठुलो सहयोग गरेको थियो । 

यस पटक अस्ट्रेलियाका राजनितिक दलका नेता तथा स्थानियहरुको उपस्थीतीमा आउदो आइतबार सीडनीको डुरालस्थीत मेडिसनमा नेपालको सहयोगार्थ च्यारीटी कार्यक्रम आयोजना गर्न लागिएको हो । नेपालको नन्दी स्कुल निमार्णदेखि बिभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको जेट फाउन्डेसनले यस पटक पनि स्थानिय बाढि पीडितहरुको स्वास्थ र शिक्षा लगायतको क्षेत्रमा सहयोग गर्ने लक्ष्य राखेको छ । चिन्ना जियार स्वामीको भक्तप्भावमा समर्पीत रहेको जेट अस्ट्रेलिया परिवारमा नेपाली बैष्णवहरुको पनि उल्लेख्य सहभागिता रहेको छ । 

हामी भारतिय भएपनि हाम्रो धर्म संस्कृती र कर्मले पनि हामी नेपालसँग नजिक र जोडिएका छौ,यस कारण पनि नेपाललाई सहयोग गर्नु हाम्रो दायित्व हो, जेट अस्ट्रेलिया फाउन्डेसन सीडनीकी सचीब मृनालिनी नागाले जानकारी गराईन  । c2493124-84cf-41fc-8d35-1af065e0f15b-1788773809.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्