नेभिगेशन
अन्य

सहयोग जुटे बिदेशमा रहेका अभिभावक 


जन्मेको ठाउँ र हुर्केको गाउँ कसले बिर्सन सक्छ र । देश दुख्दा मलम लगाउनेहरुको भिडमा बिदेशमा रहेका नेपाली अभिभावकहरु पनि अग्रस्थानमा देखिएका छन । अस्ट्रेलियाको नेपालीहरुको बाक्लो बस्ती रहेको ग्रानभिल क्षेत्रमा बसोबास गर्दै आएका नेपाली अभिभावकहरु पनि यतिबेला नेपालका बाढिपीडितको सहयोगमा जुटेका छन । 
ग्रानभिल नेपाली अभिभावक समाजका अध्यक्ष लक्ष्मीपती भट्टराइको अगुवाइमा यहा रहेका नेपाली अभिभावकहरुले एक लाख १९ हजार चार सय ८७ रुपैया प्रधानमन्त्री राहतकोषमा जम्मा गरेका छन । 
एक आपसमा चिनजान र बिदेशमा मुलकको अभाव नखटकियोस भनेर स्थापीत  नेपाली अभिभावक समाजले थोरै भएपनि आफना छोरा छोरीले दिएको रकमवाट बचाएर बाढिपीडितलाई सहयोग गरेका हुन । 
 समाजको खातामा सन्चित रकम ६ सय २७ थियो, त्यसमा सबैले थपथाप गरेर प्रधानमन्त्री राहतकोषमा सानै भएपनि सहयोग गरौ भनेर अगाडी बढेका हौ, अध्यक्ष लक्ष्मीपती भट्टराइले बताए । अभिावकहरुले सहस्यता र देउसी भैलीवाट उठाएर केहि रकम जम्मा गरेका थिए । यो ठुलो पैसा नभएपनि हामी बिदेशमा रहेका आमा बाबुको मुलुकप्रतीको एउटा एक्यबद्धता हो, मसाजकी कोषाध्यक्ष पार्वती श्रेष्ठले बताइन । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्