नेभा बिजनेस सर्भिस र पाल्पा इन्टरटेन्टमेन्टको आयोजना तथा स्टडीवाइज एजुकेशनको प्रायोजनमा सीडनीमा नेपाली लोकप्रीय गायिका समिक्षा अधिकारीको सांगितिक साँंझ सम्पन्न भएको छ ।
सीडनीको अर्वनस्थीत ग्रान्ड प्यालेसमा सम्पन्न गलबन्दी नाइट नाम दिइएको सो सांगितिक साँंझमा समिक्षाले आफना लोकप्रीय गितहरु पस्केकी थिइन । यस्तै समिक्षासँंगै अर्का सीडनीमा बस्दै आएका गायक आमेश भन्डारी र सुवास खत्रीले समेत आफना गितहरु प्रस्तुत गरेका थिए । चलचित्र निर्देशक सोभित बस्नेतले सन्चालन गरेको सांगितकि कार्यक्रममा एनआरएन ओसेनिया संयोजक दिनेश पोखरेल, युवा व्यबशायी रन्जित शाह, कृष्ण थापा, ग्रानभिल नेपाली समाजका अध्यक्ष भिम बस्नेत, सचिब प्रकाश भट्टराई, प्रायोजक स्टडीवाइजका भिम डीसी, मनोज अधिकारीलगायतको उपस्थीती रहेको थियो । कार्यक्रममा समिक्षाले आफना सदाबाहार हिट गित कुरा बुझनु पर्छ, सुर्ती माडदा माडदै , जाली रुमाल गाएर दर्शक दिर्घालाई नचाएकी थिइन ।