नेभिगेशन
समाचार

यम बराल सीडनीमा घन्कदै 


पाल्पा इन्टरटेनमेन्टको आयोजनामा सीडनीमा आउदो नोभेम्बर २८ मा नेपालका चर्चित गायक यम बरालको सांगितिक संन्ध्या आयोजना हुने भएको छ । सीडनीको अर्वनमा रहेको ग्रान्ड प्यालेसमा आयोजना हुने कार्यक्रममा बराल मुख्य आकर्षण रहनेछन भने उनलाई स्थानिय कलाकारहरुले साथ दिने आयोजक पाल्पा इन्टरटेनमेन्टका सुवास थापाले जानकारी गराए । कार्यक्रममा चलचीत्र निर्देशक शोभित बस्नेत, गायीका प्रीती घिमिरे ,रोबिन भुषाल, महेन्द्र बीक र निशा तामाङको समेत सहभागिता रहनेछ । 
यसअघिपनि रामकृष्ण ढकाल लगायतका बिभिन्न कलाकारहरुलाई अस्ट्रेलिया ल्याएको पाल्पा इन्टरटेनमेन्टले दर्शकको चाहना अनुरुप पुराना र अनुभवी कलाकारहरुलाई प्राथमिकता दिदै आएको आयोजक थापाले बताए । 
कार्यक्रमलाई आरएफएम, एटुजेड क्लीनीङ सप्लाई, राइट अप्सन एजुकेशनलगायतले प्रयोजनको भुमिकामा सहयोग गरेका छन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...