नेभिगेशन
न्यू साउथ वेल्स

अस्ट्रेलियाका सबै राज्यमा देउसी–भैलो गर्दै नेपाली जनसम्पर्क समिति

सिड्नी। नेपाली जनसम्पर्क समिति अस्ट्रेलियाले यस वर्ष अस्ट्रेलियाका सबै राज्यमा देउसी–भैलो कार्यक्रम गर्ने भएको छ । नेपाली कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले समितिले कार्यक्रम आयोजना गर्न लागेको हो ।

कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन समितिका सभापति सितल गिरीले सबै राज्य तथा क्षेत्रीय समितिका पदाधिकारी, सदस्य र प्रतिनिधिलाई आवश्यक तयारीमा जुट्न आग्रह गरेका छन् ।

विदेशमा रहेर पनि नेपाली चाडपर्व र संस्कृतिलाई निरन्तरता दिनु सबैको साझा दायित्व भएको गिरीले बताए । देउसी–भैलोले नेपाली समुदायबीच आपसी एकता, सद्भाव र भाइचारा अभिवृद्धि गर्न सहयोग पुग्ने उनको भनाइ छ ।

अस्ट्रेलियाका विभिन्न राज्यमा रहेका नेपालीको सहभागितामा आयोजना हुने कार्यक्रमले नयाँ पुस्तालाई नेपाली मौलिक संस्कृति र परम्परासँग जोड्नसमेत सहयोग पुग्ने समितिले अपेक्षा गरेको छ ।

कार्यक्रमको मिति, समय र स्थानबारे विस्तृत विवरण छिट्टै सार्वजनिक गरिने समितिले जनाएको छ । गिरीले अस्ट्रेलियामा रहेका सबै नेपालीलाई कार्यक्रममा सहभागी भई नेपाली संस्कृति र परम्पराको संरक्षणमा योगदान गर्न आग्रह गरेका छन्

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्