नेभिगेशन
न्यू साउथ वेल्स

डार्विनमा ANJA को सामुदायिक परामर्श तथा दसैँ शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

समुदायका प्रश्न, जिज्ञासा र सरोकारबारे छलफल; पत्रकार र नेपाली समुदायबीचको सम्बन्ध सुदृढ बनाउने प्रतिबद्धता

डार्विन । अस्ट्रेलियन नेपलिज जर्नालिस्ट एसोसिएसन (ANJA) को आयोजनामा अस्ट्रेलियाको डार्विनस्थित जिङ्गिली पार्कमा सामुदायिक परामर्श तथा बडादसैँको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। आइतबार, १८ अक्टोबर २०२६ मा आयोजित कार्यक्रममा डार्विनमा बसोबास गर्ने नेपाली समुदायका सदस्य, विभिन्न संघसंस्थाका प्रतिनिधि, सामाजिक अगुवा तथा पत्रकारहरूको सहभागिता रहेको थियो।e965696a-166f-4e1d-90bc-0d680bba1208-1792372277.jpeg

कार्यक्रमले नेपाली समुदायका आवाज, आवश्यकता र सरोकारलाई सम्बोधन गर्दै समुदाय र सञ्चारकर्मीबीच संवाद, सहकार्य र आपसी समझदारी अभिवृद्धि गर्ने उद्देश्य राखेको थियो। साथै, बडादसैँको अवसरमा शुभकामना आदानप्रदान गर्दै प्रवासमा नेपाली भाषा, संस्कृति, एकता र सामाजिक सद्भावलाई थप सुदृढ बनाउने विषयमा समेत छलफल गरिएको थियो।

कार्यक्रमको अध्यक्षता ANJA का अध्यक्ष कृष्ण तिवारीले गरेका थिए भने कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक तथा ANJA का कार्यसमिति सदस्य सबिन बरालले गरेका थिए। कार्यक्रममा ANJA का महासचिव गणेश भट्टले संस्थाको परिचय, उद्देश्य, गतिविधि तथा नेपाली समुदायप्रति संस्थाले निर्वाह गर्दै आएको भूमिकाबारे प्रस्तुति दिएका थिए।

कार्यक्रमको प्रमुख आकर्षणका रूपमा डार्विनस्थित नेपाली समुदायका प्रश्न, जिज्ञासा तथा विभिन्न सरोकारलाई सम्बोधन गर्न विशेष प्यानल छलफलको आयोजना गरिएको थियो। प्यानलमा ANJA का अध्यक्ष कृष्ण तिवारी, संरक्षक चिरञ्जीवी राज देवकोटा, संस्थापक अध्यक्ष हेमन्त काफ्ले र सल्लाहकार डा. राजु मानन्धर सहभागी थिए।IMG_7646-1792372418.jpeg

प्यानलका सदस्यहरूले समुदायका सदस्यहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनीहरूका जिज्ञासा, चासो र सरोकारबारे विचार आदानप्रदान गरेका थिए। समुदायका समस्या तथा आवश्यकताबारे प्रत्यक्ष संवाद गर्ने र सञ्चारमाध्यममार्फत समुदायका आवाजलाई प्रभावकारी रूपमा उठाउने विषयमा छलफल केन्द्रित थियो।

समुदायका सदस्यलाई आफ्ना प्रश्न र विचार खुला रूपमा राख्ने अवसर प्रदान गरिएको यस पहलले नेपाली समुदाय र पत्रकारबीचको सम्बन्धलाई थप निकट बनाउनुका साथै सञ्चारमाध्यमको भूमिका, उत्तरदायित्व र सामुदायिक सहकार्यबारे संवाद गर्ने अवसर प्रदान गरेको थियो।

कार्यक्रममा NRNA–NT का संयोजक त्रिलोचन सापकोटा, NANT का अध्यक्ष भवानी पौडेल, Social Welfare Committee का अध्यक्ष बाबुराम भट्टराई, Darwin Hearts Football Club का अध्यक्ष फिरोज राना तथा NRNA NCC का सदस्य पुष्कर अधिकारीलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो।

त्यसैगरी, NRNA–NT तथा NANT का पूर्वअध्यक्षहरू विष्णु चापागाईं, सञ्जीव ढकाल, सुदीप श्रेष्ठ, निरज गुरुङ र प्रतिभा देवकोटालगायत सामाजिक अगुवा तथा समुदायका प्रतिनिधिहरू सहभागी भएका थिए। विभिन्न संघसंस्थाका प्रतिनिधि र समुदायका अग्रजहरूको सहभागिताले कार्यक्रमलाई थप अर्थपूर्ण बनाएको थियो।

बडादसैँको अवसरमा आयोजित शुभकामना आदानप्रदानले प्रवासमा रहेका नेपालीहरूबीच आपसी सद्भाव, आत्मीयता र सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने अवसरसमेत प्रदान गरेको थियो।2b7f2d43-7631-422b-969f-c24cc9811a12-1792372444.jpeg

समुदायसँग सहकार्यलाई निरन्तरता दिने ANJA को प्रतिबद्धता

कार्यक्रममा प्रत्यक्ष उपस्थित हुन नसके पनि अनलाइनमार्फत जोडिएर साथ, समर्थन र हौसला प्रदान गर्ने ANJA का अध्यक्ष कृष्ण तिवारी, संस्थापक अध्यक्ष हेमन्त काफ्ले, संरक्षक चिरञ्जीवी राज देवकोटा तथा सल्लाहकार डा. राजु मानन्धरलगायतप्रति आयोजकले विशेष आभार व्यक्त गरेको थियो।

कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण अभिभावक, डार्विनवासी नेपाली दाजुभाइ तथा दिदीबहिनी, विभिन्न संघसंस्थाका प्रतिनिधि, सामाजिक अगुवा, सहयोगी संस्था, स्वयंसेवक तथा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा योगदान पुर्‍याउने सबैप्रति ANJA ले धन्यवाद व्यक्त गरेको छ।

ANJA ले आगामी दिनमा पनि नेपाली समुदायका विचार, आवश्यकता, आवाज र सरोकारलाई प्राथमिकतामा राख्दै समुदाय तथा सञ्चारकर्मीबीचको सम्बन्धलाई थप सुमधुर र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ। साथै, सामुदायिक संवाद, सहकार्य र आपसी समझदारी अभिवृद्धि गर्ने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

प्रवासमा नेपाली समुदायको एकता, पहिचान र सामूहिक हितलाई प्रवर्द्धन गर्ने लक्ष्यसहित आयोजित कार्यक्रमले पत्रकारिता र समुदायबीचको सम्बन्धलाई अझ बलियो बनाउँदै नेपाली समुदायका सवाललाई प्राथमिकताका साथ उठाउने दिशामा सकारात्मक पहल गरेको आयोजकको विश्वास छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्