नेभिगेशन
अन्य

सिडनीमा चलचित्र पीआरको चर्चा चुलियो ,  एकै दिन चारवटा रेड कार्पेट प्रिमीयर                  

   अष्ट्रेलियाको सिड्नीमाचलचीत्र पिआर को रेड कार्पेट प्रिमियर गरिएको छ । यो फिल्मको सिड्नीको हर्सभिलमा रहेको इभेन्ट र भि म्याक्स हलमा रेडकार्पेट प्रिमियर गरिएको हो । एक साथ चारवटा हलमा रेड कार्पेट प्रिमियर गरिएको यो फिल्मको आइतबार सिड्नीकोबरूउडमा रहेको इभेन्ट सिनेमामा थप प्रिमियर गरिने कार्यक्रम तय भएको नीर्देशक शोभित बस्नेतले बताए ।

यही फिल्मको प्रदर्शनका लागि हाल अष्ट्रेलियाको सिड्नी आइपुगेका निर्देशक शोभित बस्नेतले रेड कार्पेट प्रिमियर पछि भने -‘ सिड्नीमा रहनु हुने दर्शकहरूले यो फिल्म मन पराउनु भएको छ । हामी निकै उत्साहीत भएका छौ ।यति धेरै माया देखाउंनुभएका कारण हामी अन्य शहरहरुमा पनि  शोहरू गर्ने योजनामा छौं । 

अष्ट्रेलियामा नै छायांकन गरिएको र अष्ट्रेलियाकै कलाकारहरूको अभिनय रहेको कारण पनि यो फिल्मको चर्चा यतिबेलाअष्ट्रेलियामा चुलिएको छ । फिल्ममा अष्ट्रेलियामा पि आर अर्थात स्थायीत्व पाउंन नेपाली बिध्यार्थीहरूले गरेको  दुख रपिडालाई प्रस्तुत गरिएको छ । 

फिल्मका निर्माता रञ्जित शाहले फिल्मले अष्ट्रेलियामा संघर्षरत नेपाली विध्यार्थीहरुको दुख र संघर्षको कथालाई दर्शकहरुलेमन पराएको बताए ।  अस्ट्रेलिया आउन चाहने विद्यार्थीले एकपटक यहाँको यथास्थिति र वास्तविकता बुझ्न भए पनि चलचित्रपीआर हेर्दा राम्रो हुन्छ भन्न सक्छौ -‘ रन्जित भन्छन्-‘ चलचित्र पीआर अस्ट्रेलियामा रहेको नेपाली समाजको यथार्थ चित्रण हो-‘ । आफुले भोगेको कथालाई नसा पुस्तामा हस्तान्तरण गर्न यो चलचीत्रमा आफुले लगानी गरेको शाहको भनाई छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्