नेभिगेशन
समाचार

बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या १७० पुग्यो

काठमाडौं  ।  अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानमा परी हालसम्म देशभर एक सय ७० जनाको मृत्यु भएको छ।

त्यस्तै ती घटनामा परी ४२ जना बेपत्ता भएका छन्। एक सय ११ जना घाइते भएका छन्।

गृह मन्त्रालयले दिएको जानकारी अनुसार बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई हालसम्म करिब चार हजार विपद प्रभावितको उद्धार गरिएको छ।

काभ्रेपलाञ्चोक, सिन्धुली र ललितपुर लगायत जिल्लाका विभिन्न स्थानबाट घाइते र अलपत्र परेका एक सय ६२ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।

बाढी, पहिरो प्रभावितलाई खाद्यान्न लगायत आपतकालीन राहत सामग्री उपलब्ध गराइएको छ।

असोज १० गतेदेखि परेको पानीका कारण बाढी तथा पहिरोमा परि घाइते भएकाहरुको निःशुल्क उपचार भइरहेको छ ।

काठमाडौंको नागढुंगा नजिकै झाप्ले खोलामा मात्र बस तथा हाइसमाथि पहिरो खस्दा ३५ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल न्युज अष्ट्रेलिया १३ औं वर्षमा 

नेपाल न्युज अष्ट्रेलिया १३ औं वर्षमा 

सामाजिक सञ्जालको बिकास अनि विस्तारले छापा पत्रकारिता मात्रै होइन समग्र पत्रकारिता नै ओझेलमा पर्न गएको यथार्थ पृष्ठभूमिमा उभिएर सच्चा संचारकर्मीको धर्म निर्वाह गर्न कम्ति कठिन छैन ।