नेभिगेशन
न्यू साउथ वेल्स

डियाल गिरी ‘राजु’ नेपाली जनसम्पर्क समिति NSW को संयोजक चयन 

सिड्नी ।  अष्ट्रेलियालाई  कर्मथलो बनाउदै  आएका  डियाल गिरी ‘राजु’ नेपाली जनसम्पर्क समिति अस्ट्रेलियाको न्यु साउथ वेल्स (NSW) राज्य समितिको संयोजकमा चयन भएका छन्।

सिड्नीको रकडेलमा सम्पन्न समितिको पाँचौँ अधिवेशनबाट गिरीको संयोजकत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो। सामाजिक तथा सामुदायिक क्षेत्रमा सक्रिय गिरीले अस्ट्रेलियामा रहेका नेपाली समुदायबीच एकता, सहकार्य र आपसी सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

नवनिर्वाचित संयोजक गिरीले आगामी कार्यकालमा संस्थालाई समुदायसँग अझ नजिक जोड्दै सामाजिक तथा सामुदायिक गतिविधिलाई प्राथमिकता दिने बताएका छन्।

‘सबैलाई समेटेर संस्थालाई थप प्रभावकारी बनाउने मेरो मुख्य उद्देश्य हो। नेपाली समुदायबीचको एकता, सहकार्य र आपसी सम्बन्धलाई बलियो बनाउँदै साझा सरोकारका विषयमा काम गर्नेछु,’ गिरीले भने।

लोकतान्त्रिक राजनीतिक पृष्ठभूमि भएको परिवारबाट आएका गिरीका पिता कृष्णकुमार गिरी पञ्चायत व्यवस्थाविरुद्धको आन्दोलनमा सक्रिय थिए। २०२९ देखि २०३१ सालसम्मको राजनीतिक संघर्षका क्रममा उनले जेल जीवनसमेत बिताएका थिए।
दाङ. तुलसीपुरको  राजनितिक तथा  सामाजिक परिवेशबाट हुर्किएका गिरी अस्ट्रेलियास्थित नेपाली समुदायमा पनि सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्