नेभिगेशन
नेपाल समाचार

चित्रलेखा यादवलाई अस्ट्रेलियाको राजदूत बनाउने तयारी 

 

काठमाडौं । सत्ता गठबन्धनमा राजदूत भागबन्डा गर्दा अस्ट्रेलिया कांग्रेसको भागमा परेपछि नेपाली कांग्रेसले पूर्व कोषाध्यक्ष चित्रलेखा यादवलाई अस्ट्रेलियाको राजदूत बनाउने तयारी गरेको छ ।  कांग्रेसले संवैधानिक परिषद्‌बाट निर्णय गर्ने गरी प्रधानमन्त्रीसमक्ष यादबको  नाम राजदुतमा सिफारिस गरेको हो ।
यस अघि  कांग्रेसकै कोटामा सरकारले अस्ट्रेलियाका लागि राजदूतमा सिफारिस गरेकी कान्ता रिजालको विषयमा उजुरी परेपछी उनको नाम संसदीय समितिमा सुनुवाइका लागि नै पठाइएको थिएन । रिजालले इजरायलको राजदूतबाट फिर्ता हुँदा एक सहयोगी स्वदेश नफर्काएको उजुरी परेपछि उनको नाम फिर्ता लिइएको थियो ।
नेपाली काङ्रेशको पूर्वकोषाध्यक्ष यादव हाल कांग्रेसको केन्द्रीय सदस्य समेत  छिन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप नेपाल समाचार
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...