नेभिगेशन
LEADING_MAIN

मार्कक्यु होम्स र एभरेष्टको मह जात्रा टाउनहलमा

जुन २ मा स्टेट थिएटर जाऔं , हासौं र हसाउ


ड्रिम हाइट्सको प्रस्तुती र मार्कक्यु होम्स तथा एभरेस्ट ट्राभलको प्रायोजनमा दश बर्षपछि सीड्नीको टाउनहलको स्टेट थिएटरमा मह जात्रा यही जुन २ तारिखका दिन आयोजना हुदैछ । चर्चित हास्यब्यङ्ग कलाकारका रुपमा परिचित मदनककृष्ण श्रेष्ठ र हरिवंश अचार्य १० बर्ष पछि अष्ट्रेलियाको सिड्निमा सिड्निको बिशेष कार्यक्रममा उपस्थीत हुदैछन । साथै कलाकार कुन्ति मोक्तान,नरेन्द्र कंसाकार र ’राता मकै’ किरण केसी मह जात्राका साथ अष्ट्रेलियाको सिड्निमा प्रस्तुती दिनेछन । मार्कक्यू होम्स र एभरेस्ट ट्राभलद्वारा आयोजना गर्न लागिएको महाजात्रा सिड्नीको उत्कृष्ट भेनु सिड्नि फिल्म फेस्टिबल हुने स्टेट थिएटरमा आयोजना हुने भएकोले पनि बिशेष रुपमा हेरिएको छ । महाजात्राको कार्यक्रम सफल गर्नलाई सिडनीको इभेंट कम्पनी ड्रिम हाइट्सले यसको तयारी थालिसकेको छ ।

कार्यक्रम आयोजकका रुपमा रहेको ड्रिम हाइट्सका पासाङ शेर्पाले यसलाई एउटा बिशेष महोत्सवको रुपमा हेरिएको बताए । नेपाली हास्यब्यंग क्षेत्रका अग्रजहरुको यो बिशेष प्रस्तुतीले सीड्नीबासी नेपालीलाई भरपुर मनोरन्जन दिने कुरामा हामी बिश्वस्त छौ, शेर्पाले सुनाए । ड्रीम हाइटले सिड्नीमा रहेका नेपाली समाजको चाहाना अनुसार कलाकारहरुलाई अष्ट्रेलियामा बोलाएर विभिन्न कार्यक्रम गर्दै आईरहेको छ । कार्यक्रमको सबै तयारी पुरा भैसकेको र अब दर्शक दिर्घाको माया र ममता अनि सदभाव अहिलेको आवश्यकता रहेको शेर्पाले सुनाए ।
स्तरिय कार्यक्रम र दर्शकको सन्तुष्टी हाम्रो चाहना हो ,यसैका लागि पनि यस पटक एक दशकपछि मह जोडीलाई सीड्नी बोलाएर सबैको मुखमा हासो ल्याउने प्रयास गरेका हौ, एभरेष्ट ट्राभलका कार्यकारी प्रमुख इर्साद अहमदले बताए । सीडनीको मुटुमा रहेको टाउनहलमा रहेका एतिहासिक स्ेटट थिएटरमा कमै मात्र नेपाली कार्यक्रम हुने गरेका छन । यो आफैमा मह जोडीको लागि ठुलो सम्मान पनि हो, हामीले यसका लागि तयारी पुर्ण तयारी गरिसकेका छौै । सीडनीका नेपाली दर्शकदिर्र्घावाट यसमा सहयोग र सदभाव पाउने बिश्वास लिएका छौ , इर्सादले बताए ।
यो एक दशकपछिको नेपाली महोत्सवका रुपमा हामी सबैले लिएका छौ, नेपाली कलाकारीताका दुइ मुर्धन्य ब्यक्तीत्वको बिशेष प्रस्तुती र त्यसमा किरण केसी, कुन्ती मोक्तानजस्ता चर्चित कलाकारको उपस्थीतीले कार्यक्रमले रौनकता थप्ने कुरामा हामी बिश्वस्त छौ, इर्शादले सुनाए । सीडनीमा धेरै खाले कार्यक्रमहरु हप्तौ भैरहन्छन तर यो कायक्रम केहि फरक र अलग हुने कुरामा हामी बिश्वस्त छौ किनभने हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको उपस्थीती र प्रस्तुती बिरलै हेर्न र देख्न पाइन्छ , इर्शादको कथन थियो ।
जुन २ मा सबै सीड्नीबासी नेपालीलाई टाउनहलमा उपस्थीती दर्शाएर मह जोडीको सम्मान गरिदिन पनि इर्शादले अनुरोध गरेका छन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप LEADING_MAIN
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै