नेभिगेशन
नेपाल समाचार

इजरायलबाट नेपाल फर्किन चाहनेलाई सरकारले ल्याउने


नेपालन्युज सम्बाददाता

काठमाडौं । प्यालेस्टाइनको हमास समूहको आक्रमणबाट इजरायलमा १० नेपालीको ज्यान गएको औपचारिक पुष्टि भए पछी नेपाल सरकारले प्यालेस्टाइनको हमास समूहको आक्रमणपछि इजरायलबाट स्वदेश फर्किन चाहने नेपालीहरूको उद्धार गर्ने भएको छ ।

त्यसका लागि नेपाल सरकार र इजरायल सरकारसँग आवश्यक समन्वय गरी विवरण संकलनका लागि छिट्टै अनलाइन रजिस्ट्रेसनको व्यवस्था गर्न लागिएको इजरालयमा रहेको नेपाली दूतावासले जनाएको छ ।

इजरालयमा चार देखि पाँचहजारसम्म नेपाली रहेको अनुमान गरियको छ । केही नेपाली केयर टेकरको रुपमा त केही नेपाली विद्यार्थीहरु त्यहाँ कृषि अध्ययनका लागि पुगेको बताइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप नेपाल समाचार
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै