नेभिगेशन
नेपाल समाचार

काठमाडौं महानगरपालिकाले बर्सेनि १५ हजार जनालाई सीपमूलक तालिम ५ हजारलाई रोजगरी दिने

नेपालन्युज सम्बाददाता

काठमाडौं । काठमाडौं मेयर बालेन शाहले बर्सेनि १५ हजार जनालाई सीपमूलक तालिम र कम्तिमा ५ हजारलाई रोजगरी दिने बताएका छन । महानगरपालिकाले बर्सेनि १५ हजार जनालाई सीपमूलक तालिम दिने भएको छ।

सामाजिक सञ्जाल फेसबुकमा आइतबार अपराह्न मेयर बालेनले पोस्ट गरेका छन्’ - हरेक वर्ष कम्तीमा १५ हजार जनालाई सीपमूलक तालिम दिने र कम्तीमा पाँच हजार नयाँ रोजगारी सिर्जना गर्ने लक्ष्यका साथ रोजगारी र आयवृद्धि काठमाडौंको समृद्धि गौरब योजना ल्याइएको हो ।

उनकाअनुसार समृद्धि गौरब योजना र श्रम बैंक स्वर्णिम योजना सञ्चालन गरिनेछ। मेयर बालेन शाहले बेरोजगार समस्यालाई तीन वर्षभित्र समाधान गर्ने गरी रोजगारी तथा आयवृद्धि योजना ल्याइएको बताएका छन्।
महानगरमा रहेका दक्ष, अर्धदक्ष तथा अदक्ष कामदार र रोजगार दातालाई एउटै प्लेटफर्ममा ल्याई श्रम बैंकको स्थापना गरेर रोजगारी अवसर बढाउने उनको योजना रहेको छ ।

महानगरका स्थायी बासिन्दा, महानगरका करदाता तथा महानगरभित्र भाडामा बस्ने सबै नेपाली नागरिकहरू श्रम बैंकमा आबद्ध हुन सक्ने उनले उल्लेख गरेका छन्।
श्रम बैंकमा आबद्ध भएका दक्ष कामदारलाई अन्तर्वार्ता तयारीका साथ सोझै काममा लगाउने, अर्धदक्ष जनशक्तिलाई सीप विकासका लागि तालिम दिएर काममा लगाउने र अदक्ष कामदारलाई तालिम दिई सीपयुक्त जनशक्ति निर्माण गरेर रोजगार तथा स्वरोजगार सिर्जना गर्ने महानगरको तयारी छ।
बालेनको एस्तो घोषणाबाट युवाबर्गमा नेपालमै बसेर केही गरौ भन्नेको लागि आत्मबल थपेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप नेपाल समाचार
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै