नेभिगेशन
खेलकुद

क्रिकेटमा भारतसंग नेपाल २३ रनले पराजित


नेपाल न्युुज संवाददाता

काठमाडौं । एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा भारतसग नेपाल २३ रनले पराजित हुन पूगेको छ । यो नेपाल र भारतबीचको पहिलो टी–२० अन्तर्राष्ट्रिय खेल थियो । यसअघि नेपालले एसिया कपमा भारतसग पहिलो एकदिवसीय खेल पनि खेलेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४ विकेटको क्षतिमा २०२ रन जोड्यो ।

मंगलबार झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट फिल्डमा भारतले दिएको २०३ रनको लक्ष्य पछ्याएको नेपालले ९ विकेटको क्षतिमा १७९ रन जोड्न सफल भयो ।नेपालका ओपनरद्वय कुशल भुर्तेल २८ रन र आसिफ शेख १० रनमा आउट भए । कुशल मल्लले २२ बलमा २ चौका र २ छक्काको मद्दतमा २९ रन बताए । रोहित पौडेल ३ रनमा आउट हुदा दीपेन्द्रसिंह ऐरीले १५ बलमा ४ छक्का हिर्काउदै ३५ रन बनाए । ऐरीले १४ ओभरमा शिवम् दुवेलाई लगातार ३ छक्का प्रहार गरे ।सोमपाल कामी ७, गुल्सन झा ६ रन र सन्दीप लामिछाने ५ रनमा आउट भए । करण केसीले १३ बलमा नटआउट १८ रन जोड्दा १ चौका र २ छक्का प्रहार गरे ।

खेलमा नेपालले भारतविरूद्ध १४ छक्का र ११ चौका हिर्काएको थियो ।बलिङमा भारतका रवि बिश्नोइ र आवेश खानले ३–३ विकेट लिए । अर्शदीप सिंहले २ विकेट लिन सफल भए ।टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४ विकेटको क्षतिमा २०२ रन जोड्यो।भारतका लागि यशस्वी जैशवालले शतक प्रहार गरे । उनले ४९ बलमा ८ चौका र ७ छक्का प्रहार गरे। शतक प्रहार गरे लगत्तै जैशवाल दीपेन्द्रको बलमा रोहितबाट विकेट पछाडि क्याच भए ।यस्तै रिंकु सिंह ३७ रन र शिवम् दुवे २५ बलमा नटआउट रहे।भारतका कप्तान रूतुराज गायकवाडलाई दीपेन्द्रसिंह ऐरीले २५ रनमा आउट गरे ।

यस्तै तिलक बर्मालाई सोमपाल कामीले २ रनमा बोल्ड गर्दा सन्दीप लामिछानेले जितेश शर्मालाई ५ रनमा आउट गरे।बलिङमा नेपालका दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए ।नेपाल समूह ‘ए’ को विजेता बन्दै अन्तिम आठमा पुगेको हो ।
भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान भने वरीयताका आधारमा सिधा अन्तिम आठमा पुगेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै