नेभिगेशन
खेलकुद

नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुर, सचिवमा पारस निर्वाचित

नेपालन्युज सम्बाददाता
काठमाडौं !
नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय कार्यसमितिको निर्वाचन सम्पन्न भएको छ। जसमा अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन्। उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्। उपाध्यक्षमा रोशनकुमार सिंह पनि निर्विरोध निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनले नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको हो।
सचिवमा नेपाली राष्ट्रिय क्रिकेटका पूर्व कप्तान पारस खड्का निर्वाचित भएका छन ।
पारस खड्काले ४८ मत पाउँदा प्रशान्तविक्रम मल्लले ३७ मत पाएका थिए। कुल ८५ मत खसेको थियो।सचिव पदका लागि भने निर्वाचन भएको थियो।
यस्तै कोषाध्यक्षमा पदमबहादुर खड्का र महिला सदस्यमा जयन्तीदेवी भट्ट पनि निर्विरोध निर्वाचित भएका छन्।
खुला सदस्यमा धिरेन्द्र सावद, दुर्गाराज पाठक, आयुष श्रेष्ठ, विरेन्द्रबहादुर चन्द र करनमहत्रा क्षेत्री निर्वाचित भएका हुन्। क्षेत्री गोलाप्रथाबाट चुनिएका थिए।
कोशीबाट अर्जुन पौडेल, मधेशबाट माधवकुमार कर्माचार्य, बागमतीबाट दिवाकर घले, गण्डकीबाट सुदिप शर्मा, लुम्बिनीबाट प्रदिप मजगैया, कर्णालीबाट श्रीधर केसी र सुदूरपश्चिमबाट विक्रम बिष्ट सदस्य चुनिएका छन ।
कर्माचार्य गोलाप्रथाबाट चुनिएका हुन भने मजगैया र केसी निर्विरोध निर्वाचित भएका थिए।
पछील्लो समयमा नेपाली क्रिकेट टोलीको राम्रो खेल प्रदर्शनका कारण सबैको मन जित्न सफल भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ ।