नेभिगेशन
LEADING_MAIN

ओएनएफद्वारा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना

सिड्नी । नेपालीहरुको महान पर्व बडा दशै, तिहार, नेपाल सम्वत ११४२ तथा छठ पर्वको उपलक्ष्यमा प्रवासी नेपाली मञ्च (ओएनएफ) न्यु साउथ वेल्स राज्य समितिले शुभकामना आदान प्रदान कार्यक्रम गर्यो । सिड्नीको रक्डेल स्थित थर्ड आईमा अक्टोबर १ तारिख शनिबार सम्पन्न सो शुभकामना आदान प्रदान कार्यक्रममा शुभकामना मन्तब्य राख्दै प्रबासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका सचिव रमेश पाण्डेले जन्मभूमिको आर्थिक सामाजिक स्वास्थ्य तथा शिक्षा लगायतको क्षेत्रमा सहयोग गर्न हातमा हात र साथमा साथ मिलाएर अगाडी बढ्नु पर्ने बताए । प्रवासी नेपाली मञ्च (ओएनएफ) न्यु साउथ वेल्स राज्य समितिका अध्यक्ष कृष्ण सापकोटाको अध्यक्षता सम्पन्न सो कार्यक्रममा मञ्चका ओसेनिया क्षेत्र इन्चार्ज विनोद श्रेष्ठ, सचिव सन्तोष दहाल, मञ्चका अष्ट्रेलिया अध्यक्ष केशब जोशी, एनआरएनए अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुङ उपाध्यक्ष तथा एनएसडब्लु राज्य संयोजक देव गुरुङ, एनएसडव्लु उपाध्यक्ष स्वीकृति भट्ट, नारी निकुञ्ज एनएसडव्लु राज्य संयोजक समिता गुरुङ लगायतका बक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सस्थाका सचिव शिव पौडेलले संचालन गरेको सो कार्यक्रममा मञ्चका उपाध्यक्ष सिताराम घिमिरेले स्वागत गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप LEADING_MAIN
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ ।