नेभिगेशन
अन्य

सुगम र राजको नया धमाका ‘रेलीमाई’

गायकद्वय सुगम पोखरेल र राज के गोस्वामीको नयाँ गीत ‘रेलीमाई’ सार्वजनिक भएको छ। 

नयाँ शैलीको गीतमा गिरिश खतिवडाको समेत प्रस्तुति रहेको छ। गीतमा गायकद्वयले एउटी सुन्दर युवतीको प्रशंसा गरेका छन्। गीतको भिडिओमा गायकसँगै अभिनेत्री सुरविना कार्कीलाई फिचर गरिएको छ ।

यो गीतको अडिओ तथा भिडिओनै केही पृथक शैलीको छ। सतिज श्रेष्ठको सम्पादन र निर्देशनमा तयार भएको भिडिओ आकर्षक छ। वान एमबीको प्रस्तुतिमा तयार भएको भिडिओलाई दर्शकले मन पराइरहेका छन्। गीतमा गायक सुगम पोखरेल तथा राज के गोस्वामी कर्णप्रिय सुनिएका छन्। म्युजिक भिडिओमा सुरविनाको काम समेत मन पराइएको छ। तिलस्मी काठमाडौं शीर्षकको एल्बममा समावेश यो गीतलाई गायक सुगम पोखरेलको आधिकारिक यूट्युब च्यानलबाट सार्वजनिक गरिएको छ। यता अस्ट्रेलीया बसेर गीत संगीतमा चर्चा कमाएका राजकुमार पनि नयाँ गीतमार्फत छाएका छन्।गोश्वामी सीडनी बसेर लामो समयेखि इभेन्ट्स र संगितमा लागि परेका थिए ।https://youtu.be/99yfvQhmV_0

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
एक्सपर्ट कप फुटबलमा १६ टीम

एक्सपर्ट कप फुटबलमा १६ टीम

पहिलो पटक दर्शकलाई समेत पुरस्कार