नेभिगेशन
LEADING_MAIN

एडिलेड नेपाली समाजको अध्यक्षमा देबराज कंडेल

एडिलेड । एडिलेड नेपाली समाज अष्ट्रेलियाको यहि जुलाई ३० तारिखका दिन सम्पन्न पाचौ साधारण सभाले सम्पन्न भएको छ । देवराज कंडेलको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ । दुई बर्षका लागी चयन भएको सो कार्यसमितिको उपाध्यक्षद्वयमा लक्ष्मी सापकोटा र सागर श्रेष्ठ, सचिवमा रामकृष्ण शर्मा ,कोषाध्यक्षमा आनन्द बख़्रेल र उपसचिवमा सुपक अधिकारीलाई चयन गरिएको सो सस्थाले जनाएको छ । सस्थाको कार्यसमिति सदस्यहरुमा सुधा सापकोटा, सुरेन रेग्मी , बालगोपाल उपाध्याय, दीपा दाहाल , श्यामकृष्ण बोहरा , सूर्य आचार्य, बन्धुविक्रम कार्की, श्याम दाहाल र युवराज कंडेल रहेका छन् । कार्यक्रममा प्रमुख अतिथि साउथ अष्ट्रेलियाका लागि नेपाली वाणिज्यदुत दिपक धमलाले एडिलेडको नेपाली समुदायलाई एकीकृत बनाउदै नेपाली भाषा ,कला सस्कृति र रिती रिवाजको सम्बर्धनमा उल्लेखनिय भूमिका खेलेको बताए ।

कार्यक्रममा एनआरएनए अष्ट्रेलिया उपाध्यक्ष तथा साउथ अष्ट्रेलिया संयोजक रेनुका लामा, एनआरएनए नारी निकुञ्ज अष्ट्रेलिया संयोजक तथा साउथ अष्ट्रेलिया सरकारको बहुसांस्कृतिक आयोगको सदस्य मञ्जु खड्का, एनआरएनए साउथ अष्ट्रेलियका पुर्व संयोजकद्वय रमेश जोशी र नविन पन्त, समाजिक अभियन्ता राजु उपाध्याय, नेपाली भजन कीर्तन समुह एडिलेडका अध्यक्ष गणेश पराजुली लगायतका वक्ताहरुले नया कार्यसमितिले सस्थाले लिएको उद्देश्य र लक्ष्य प्राप्त गर्नको लागि समुदायका सबै वर्ग र समुहलाई समेट्नु पर्नेमा जोड दिदै सस्थाले अगाडी बढाउने कल्याणकारी कार्यमा सबैको साथ र सहयोग रहने प्रतिबद्दता व्यक्त गरे । साधारण सभाले सस्थाका निवर्तमान अध्यक्ष सुरेन्द्र रेग्मी र निवर्तमान कोषाध्यक्ष दिपा सापकोटाद्वारा प्रस्तुत प्रतिवेदन हरु सर्बसम्मतिले पारित गर्यो । त्यसैगरी सो अवसरमा एडिलेड नेपाली बिद्यालयकी प्राचार्य लक्ष्मी सापकोटाद्वारा प्रस्तुत बिद्यालयको प्रतिवेदन सर्वसम्मतिले पारित गरेको थियो । नया कार्यसमितिको कार्यकाल दुई वर्ष रहने छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप LEADING_MAIN
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ ।