थप नेपाल समाचार
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
बार्षिक १ दशमलब ६ अर्ब बराबरको नेपाली उत्पादन अष्ट्रेलियामा आयात गरिदै
बुधबार, साउन १६, २०८१
भर्खरै
- एडिलेडमा नेपाली खेलकुदको महाकुम्भ, ७औँ ओशिनिया स्पोर्ट्स मिटको तयारी अघि बढ्यो
- नवाज कप २०२६ को ग्रान्ड फाइनल जुलाई १९ तारिक आइतबार हुने
- नेपाली कला, संस्कृति तथा साहित्य प्रतिष्ठानले सिड्नीमा २१३औँ भानु जयन्ती मनायो
- सिड्नीमा नेपाली चलचित्र ‘बिगुल’को शनिबार विशेष प्रिमियर हुने
- एनएएको ‘चिल्ड्रेन्स ट्यालेन्ट नाइट २०२६’ सम्पन्न, बालप्रतिभाले मञ्चमा देखाए कला र आत्मविश्वास
साताको लोकप्रीय
उक्त भेटघाट तथा बारविक्युू कार्यक्रममा एनएसडब्लु स्टेट कोर्डिनेटर नन्द गुरुङले नवलपुर समाजको नव गठित टिमलाई शभुकामना दिदै अस्ट्रेलियामा छरिएर रहका नेपालीहरुलाई एकआपसमा सहयोग आदनप्रदान गर्न यस संस्थाले उल्लेखनिय भूमिका खेल्ने बताए । समाजका अध्यक्ष खेमराज पंगेनीले हामी प्रवासमा फुटेर होइन जुटेर एक अर्काप्रति सहयोग गनुपर्ने कुरामा जोड दिए । पंगेनीले नवलपूुर समाजको यो तदर्थ समिति मात्र भएकाले पछि सबै राज्यमा रहेका नवलपुरबासीहरुलाई एकत्रित गरी सबै वर्ग, क्षेत्रलाई समेटेर सबैको साझा थलो बनाउने दृढता व्यक्त गरे ।
कार्यक्रममा नव गठित समाजका सल्लाहकार डा.बाबुराम बास्ताकोटी र सफल उद्यमी व्यवसायी मेघराज श्रेष्ठ, नेपाल पत्रकार महासंघ तदर्थ समितिका संयोजक हेमन्त काफ्ले, अस्ट्रेलियन नेप्लीज तराई एसोसियसनका अध्यक्ष अरुण कुमार ठाकुर, युुवा उद्यमी विष्णु प्रभात सापकोटा लगायतले नवगठित समाजलाई शुभकामना दिदै सामाजिक कार्यमा अग्रसर हुन अभिप्ररित गरेका थिए ।
सोही अवसरमा सत्तारुढ दल लिबरल पार्टीबाट संघीय चुनावमा वार्टन क्षेत्रबाट टिकट पाएका नेपाली मुलका अस्ट्रेलियन नवलपुरमा पूख्र्याली थलो भएका प्रमेज श्रेष्ठलाई स्वागत गरिएको थियो । साथै युवा उम्मेदवार श्रेष्ठले आफ्नो उम्मेदवारी पार्टी, व्यक्ति विशेष भन्दा पनि नेपाल र प्रवासी नेपालीहरु प्रतिनिधित्व गर्ने बताए । सबैलाई समुदायलाई अगामी चुनावमा आफूलाई सहयोग गर्न समेत अपिल गरेका थिए ।